Prakash Adhikari June 30, 2022

काठमाडौं, १६ आषाढ। नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ।

बुधबार बिहान बसेको सञ्चालक समितिले बंगलादेश बैंकलाई नबिल बैंकमा गाभ्नका सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो।

नबिल र एनबी बैंकको मर्जर कर्मचारी युनियनको आन्दोलनले अगाडि बढ्न समस्या भइरहेका बेला राष्ट्र बैंकले बुधबार अन्तिम स्वीकृति दिएको हो।

अन्तिम स्वीकृतिसँगै नबिलले कम्पनी रजिष्ट्रारको कार्यालयसँग स्वीकृत लिएर एकीकृत कारोबार गर्ने मिति तय गर्ने छ। एकीकृत कारोबार सम्भवतः असार मसान्त अघि नै सुरु हुने छ।

 

Share Now

Leave a comment.