Prakash Adhikari July 1, 2022

काठमाडौं, १७ आषाढ । कर्णाली प्रदेशको जाजरकोटमा पहिचान भएको ४१० मेगावाट क्षमताको नलसिंड. गाड आयोजनाको भविष्य अनिश्चित भएको छ ।

यो आयोजना निर्माणको चरणमा लैजानकोलागि यसको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न चयन भएको परामर्शदाताको कारण यो आयोजनाको भविष्य अन्यौलग्रस्त भएको हो ।

तात्कालीन नलसिड. गाड जलविद्युत आयोजना विकास समितिले अन्तर्राष्ट्रिय टेण्डर गरी अष्ट्रेलियाको स्मेक र अमेरिकाको एमडब्ल्यूएच कम्पनी सहितको नेपालको उदय कन्सल्टेन्सीको संयुक्त उपक्रमलाई यसको डीपीआर बनाउने ठेक्का दिएको थियो ।
२०१६ को मे अर्थात २०७३ साल बैशाखमा समितिले ३० महिनामा डिपिआर सम्पन्न गर्ने गरी स्मेक एमडब्ल्यूएच उदय कन्सल्टेन्सीसंग ९४ करोड रुपैयामा यसको डिपिआर बनाउने संझौता गरेको थियो ।

यस अन्तरगत आयोजनाको अपडेटेड फिजिबिलिटी अध्ययन,डिटेल इञ्जिनियरिड. सर्भे,डिजाइन र वातावरणीय प्रभाव मूल्याड.कन(इआए) गर्नुपर्ने थियो ।

२०२२ को जुलाई महिना लाग्दा पनि यो उपक्रमले काम गरिसकेको छैन ।

उदय कन्सल्टेन्सीसंग सम्बद्ध एवम् इआरएमसीका प्रबन्ध निर्देशक उद्धवराज चौलागाइँका अनुसार लकडाउनका कारण प्रतिवेदन पूरा गर्न नसकिएको हो । केही समय पावरहाउस सतहमा बनाउने कि भूमिगत भन्नेमा विवाद भयो । अन्तराष्ट्रिय परामर्शदाताले त्यसको रक मेटेरियल टेष्ट गर्न पर्छ भनेकोले त्यो काम गर्न बाँकी छ । सतहमा राख्ने र भूमिगत पावरहाउस बनाउने दुवै विकल्पसहित प्रतिवेदन तयार पारी जुन सस्तो हुन्छ त्यही बनाउन सुझाव दिने तयारी छ ।

यता प्रतिवदेनका लागि अडिट टनल बनाउने जिम्मा लिएका बसन्त जे.भी.ले काम सकेको छैन । अझै १६ मिटर टनल खन्न बाँकी छ । अष्ट्रेलियन जियोटेक्निसियन र टनल इञ्जिनियरहरुले सुरुमा निर्धारण गरिएको ३५० मिटरमा थप ५५ मिटर खन्न पर्ने सुझाव दिएकोले यो काम लम्बिएको हो । नेपाली सेनाले विष्फोटक पदार्थ सकियो भनेकोले त्यसमा विलम्ब भएको थियो । अब सेनासंग समझदारी कायम गरी बिष्फोटक पदार्थको समस्या सुल्झाइएको छ ।

अब दिनको १ मिटर टनेल खनेपनि टनेल सकिन १६ दिन लाग्छ ।

संयुक्त उपक्रममा संलग्न अमेरिकी कम्पनी एमडब्ल्यूएचको जिम्मेवारी बाँधस्थलको डीपीआर हेर्ने थियो उसले २ बर्ष पहिले नै सकेको छ । केही बिलम्ब त स्मेकका टिम लिडर परिवर्तन भएर हुन गयो । स्मेकले तीन पटक टिम लिडर फेरेको छ । स्मेकले स्थानीय प्रतिनिधि फेरेर पनि केही अन्यौल त्यसले सिर्जना गरेको थियो ।

यो आयोजना विकास समिति अन्तरगत सञ्चालन गर्ने कि कम्पनी भन्ने विवादले पनि आयोजनाको डीपीआर निर्माणमा असर परेको बताइन्छ । सुरुमा संझौता गर्दा विकास समिति थियो । पछि सरकारले समिति विघटन गरेर यसलाई ऊर्जा विकास मन्त्रालय अन्तरगत स्थापना गरिएको विद्युत उत्पादन विभाग अन्तरगत नलसिड.गाड जलविद्युत कम्पनी स्थापना गर्यो । अहिले सोही कम्पनी अन्तरगत काम भैरहेको छ ।

चौलागाइका अनुसार प्रतिवेदनको वातावरण प्रभाव मूल्यांकन सकिएको छ र त्यसको नेपाली अनुवाद भैरहेको छ ।

आयोजनाको डिपिआर नै तयार नभएकोले यसलाई बजेट बिनियोजन गरेर निर्माणको चरणमा लैजाने काममा अवरोध आएको छ । यो आयोजना यो बजेटमा पनि निर्माणको सूचीमा पर्न सकेन ।

यो आयोजना निर्माणमा जापान सरकारले चासो देखाएको थियो तर डिपिआर तयार नभएकोले सहयोगको कामकारबाही अगाडि बढाउन समस्या पर्दै आएको छ ।

कम्पनी सुरुदेखि नै विवादित

नलसिंगगाडको परामर्शदाताको लागि छानिएको  SMEC Intemational Pty. Ltd -Austraria JVwith MWH Inrernational, Inc,USA in association with Udaya Consultancy @) Ltd., Nepal सुरुदेखि नै विवादित रह्यो ।

यो आयोजनामा डिपिआर निर्माणको लागि डिसेम्बर २, २०१३ मा आशय पत्र पेश गर्ने सूचना निस्किएको थियो । जस अनुसार १६ जनवरी २०१४ मा आशय पत्र पेश भए र १०१४ को अगष्ट २८ मा चारवटा कम्पनी पूर्वयोग्यतामा छानिएका थिए । जसमा AF Consultant, Switzerland JV Nepal Environment and scientific Services (NESS) R/t. Ltd., Nepal and Hydro consult Engineering Nepal;NIPPON KOEI, Co. Ltd. Tokyo, Japan JV Saman Cooperation Korea.;Poyry Energy Ltd., Bangkok, Thailand / SMEC Intemational Pty. Ltd -Austraria JVwith MWH Inrernational, Inc,USA in association with Udaya Consultancy @) Ltd., Nepal  थिए । २०१५ को १० अप्रिलमा जारी गरिएको प्रस्तावको लागि अनुरोध(आरएफपी) मा ए एफ कन्सल्टेण्ट र स्मेकको एक एक सयुक्त उपक्रमले २५जुन २०१५ मा यस आयोजनाको परामर्शदाताको सेवा दिने सम्बन्धि अन्तराष्ट्रिय प्रतिस्पर्धामा बोलपत्र दाखिला गरेका थिए ।

परामर्शदाताको चयनका लागि नेपालको सार्वजनिक खरिद ऐन र नियमावलीले गुणस्तर र लागत आधारित विधि – क्यूसिबिएस), गुणस्तर विधि, निश्चित बजेट विधि र न्यून लागत विधि ( एलसीबीएस)का चारवटा विधिमा कुनै एक अबलम्बन गर्न सकिने प्रावधान राखेको छ । क्यूसीबीएसमा क्वालिटीका लागि ७० देखि ९० अंकभार र लागत अर्थात मूल्यका लागि ३० देखि १० अंकभार राख्न सकिने छुट नियमावली छ । यस आयोजनामा क्वालिटी अर्थात प्राविधिक पक्षमा ८५ अक र वित्तीय प्रस्तावलाई १५ अंक राखिएको थियो । दुवैको एकीकृत प्राप्तांकमा जसको बढी हुन्छ, ठेक्का उसैले पाउछ । नलसिंगाडमा स्मेकको सयुक्त उपक्रमले ८२.७२० र एएफको संयुक्त उपक्रमले ७८.२३७ अंक प्राप्त गरेका थिए ।

प्राविधिक मूल्याड.कनका ५ शीर्षकहरुमा कन्सल्टेन्टको विशेष अनुभव, क्यू एण्ड ई प्रोफेसनल एसाइनमेन्ट,इआइए ÷एसआइए र लोकल पार्टीसिपेसनमा स्मेकको संयुक्त उपक्रमलाई आर्थिक प्रस्तावमा हुने महंगो दरलाई कभर हुने गरी अंंक दिइएको थियो ।

वित्तीय प्रस्तावमा कम अंक भार राखिएको र प्राविधिकमा पनि आफूलाई कम अंक दिएको भन्दै एएफ कन्सल्टका तर्फबाट प्रवीणराज अर्यालले अख्तियार,लेखा,प्रधानमन्त्रीको कार्यालय, ऊर्जामन्त्रालय लगायतका निकायमा उजुरी दिनुभएको थियो । यो आयोजनाको परामर्श सेवाका लागि वित्तिय प्रस्ताव भने स्मेकको भन्दा एएफ कन्सल्टको सस्तो थियो ।

यसमा पूर्णाङ्क प्राप्त गर्दा पनि एकीकृत अंक स्मेकको ज्वाइन्ट भेञ्चरको बढी हुन गएकोले सार्वजनिक खरिद ऐन अनुसार स्मेकले यो ठेक्का पाएको थियो । आयोजनाका तात्कालीन प्रमुख मोतिबहादुर कुँबरका अनुसार करार वार्तामा समितिले १८ करोड रुपैया घटाएर मात्र स्मेकसंग ठेक्कासंझौता गरेको थियो ।

तात्कालिन ऊर्जा मन्त्री राधा ज्ञवालीका स्वकीय सचिव गोकर्ण पन्तलाई मूल्याड.कन समितिमा कन्सल्ट्यान्टको रुपमा राखिएकोले मूल्याड.कनको तुलो उदय कन्सल्टेन्सीतिर बढी ढल्किएको थियो ।

सामान्यत एउटा कमिटिले मूल्याड.कन गरेपछिमूल्याड.कन समितिका कुनै सदस्यबाट प्रतिस्पर्धीहरुमाथि समान व्यवहार भएन कि भनेर अर्को समान स्तरको पुनरावलोकन कमिटीले पनि हेर्ने चलन छ । नेपाल विद्युत प्राधिकरण र अन्य आयोजनाहरुमा यस्तो गरिन्छ । तर नलसिड. गाडको परामर्शदाता चयनमा भने समितिले यसमा ध्यानै दिएन ।

के हो नलसिड.्गाड परियोजना

सन १९९९ देखि २००१का बीचमा संभाव्य ९३ वटा जलाशययुक्त आयोजाहरुको पहिचान र संभाव्यता अध्ययन गर्दा यो आयोजनाको पहिचान भएको हो । यो आकर्षक र पहिलो प्राथमिकतामा परेकोले यसलाई अगाडि बढाउन सरकारले २०६९मा गठनादेशबाट विकास समिति निर्माण गरेको हो ।

मध्यपश्चिम विकास क्षेत्रको जाजरकोट जिल्लामा भेरी र नलसिड.्गाड नदीको दोभानभन्दा ९.२५ कि.मी. माथि अधेरी खोलाको दोभाननेर बाँध बनाएर भेरी नदीको दाया किनारामा विद्युत उत्पादन गृह बनाइने यो आयोजनाको संभाव्यता अध्ययन नेपाल विद्युत प्राधिकरणको परियोजना विकास विभागले १०१२ मा सम्पन्न गरेको हो । झण्डै २०० मीटरको बाँध बाधेर ४१ करोड ९६लाख घनमीटर पानी जम्मा गरी ८ कि.मी.२ सय १५ मीटर लामो सुरुड.्बाट पानी पठाएर ६ सय ३६ मिटर उचाईबाट ४ वटा टर्वाइनमा पानी खसाली १०२ .५ मेगावाट क्षमताका ४ वटा जेनेरेटरबाट विद्युत उत्पादन हुने यो आयाजनाको विद्युत ११२ कि.मी लामो ४ सय केभी ड्रबल सर्किट प्रशारण लाईनबाट कोहलपुर सबस्टेशनमा जोडिने छ । यसबाट १२ घण्टा निरन्तरु पूर्ण क्षमतामा विद्युत निकाल्ने योजना छ ।

२०१२ को मूल्यमा ७३ करोड ७३ लाख ९० हजार अमेरिकन डलर परियोजना लागत अनुमान गरिएको यो आयोजनाबाट प्रति किलोबाट १७९९ डलरमा विद्युत उत्पादन हुनेछ । यो आयोजनाको परामर्शदाताको अनुमानित खर्च १ अर्ब रहेको छ ।
जम्मा १५० घरधुरीमात्र पुनस्थापना गर्नु पर्ने यो आयोजनाले २९० हेक्टर वनक्षेत्र डुवान पार्ने छ । यसबाट प्रभावित जनसंख्या पनि सानो छ, जम्मा ८ सय २५ मात्र । डिटेल इञ्जिनियरिड.देखि आयोजना सम्पन्न भएर विद्युत उत्पादन हुने अवधि ८ बर्ष अनुमानित गरिएको छ भने सिभिल निर्माणको थालनीबाट साढे ६ बर्ष ।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*