किएभ(युक्रेन), २१ आषाढ(बीबीसी।हिन्दी)। युक्रेनको सेनाले देशको पूर्वी क्षेत्रको लिसिचान्स्क अब रूसी सैनिकको नियंत्रणमा गएको बताएको छ ।
आर्मी जनरल स्टाफ़ भन्नुभएको छ, “लिसिचान्स्कका लागि भीषण युद्ध लडे तापनि यूक्रेनको सुरक्षा बल आफ्नो स्थितिबाट पछि हट्न बाध्य भयो ।”
यस पहिले रूसका रक्षा मन्त्री सर्गेई शोइगू ले भन्नुभएको थियो कि उहाँको राष्ट्रका सैनिकले लिसिचान्स्कलाई कब्ज़ामा लिएका छन् । यसका साथै पूरै लुहान्सक क्षेत्रमा पनि नियन्त्रण गरेका छन् ।
“युक्रेनका सैनिकलाई सो क्षेत्रबाट हटाइएको छ”, युक्रेनी सेनाको जनरल स्टाफ़ले भन्नुभयो, “युक्रेनी सैनिकोको जीवन सुरक्षााको लागि उनीहरुलाई फिर्ता बोलाउने निर्णय गरिएको छ ।”
उहाँले रूससंग धेरै विकसित गोलाबारूद, विमान, मानव संसाधन और अन्य सैन्य शक्ति रेहेको थियो ।
युक्रेनी राष्ट्रपति भालिमिर ज़ेलेन्सीलेयुक्रेनी सुरक्षाबल छिटै लिसिचान्सक फिर्ता हुने बताउदै बहादुरीपूर्वक देशको लागि लडेकोमा धन्यवाद पनि दिनुभयो
यस पहिले रूसको चेचन्या गणराज्यका प्रमुख रमज़ान कादिरोवले उक भिडियो प्रकाशित गर्नुभएको थियो जसमा चेचन लडाकू लिसिचान्स्कको मध्यभागमा देखिएको थियो ।।
रुसले युक्रेनमा आक्रमण गर्नुपहिले लुहान्सक स्वतन्त्र भएको घोषणा गरेको थियो । रुसी सेनाले पश्चिमतर्फ बढ्ने क्रममा यूक्रेनको नियन्त्रणमा रहेको स्लोवियान्स्क शहरमा पनि भीषण गोलाबारी गरिरहेको छ त्यहाँ अहिलेसम्म ६ जनाको मृत्यु भएको जनाइएको छ ।
लिसिचान्सक दोनेत्स्क क्षेत्रमा पर्दछ । दोनेत्स्क और लुहान्स्क क्षेत्र मिलाएर डोनबास इंडस्ट्रियल क्षेत्र बनाइएको छ ।
रुसका छद्म सुरक्षाबलले सन २०१४ देखि नै यहाँ विद्रोको विजारोपण गरेका थिए ।
एक हप्ता पहिले रुसी सैनिकले सेवेरोदोनेत्स्कमा पनि कब्ज़ा गरेका थिए । यो शहर रूसी बमबारीले पूरी तरह बर्बाद भैसेको छ ।