Prakash Adhikari July 10, 2022

कोलम्बो(श्रीलंका), २६ आषाढ(बीबीसी हिन्दी) । श्रीलंकामा जारी आर्थिक तथा राजनीतिक संकट सम्हाल्नका लागि संसदका सभामुख महिंदा यापा अभयवर्द्धना अन्तरिम राष्ट्रपति बन्नुहुने भएको छ ।

शनिबार राति सम्पन्न सर्वदलीय बैठकले उहाँलाई संविधान अनुरुप राष्ट्रपतिको कार्यभार संभालन अनुरोध गरेका थिए । उहाँले सो प्रस्ताव मान्नुभएको छ । सभामुख अभयावद्र्धनले राष्ट्रपति गोटाबाया राजपक्षेलाई यसको जानकारी दिने बताउनुभएको छ ।

सभामुख अभयबद्र्धनले राष्ट्रपत र प्रधानमंत्रीले देशको बिग्रदो राजनीतिक र आर्थिक अवस्थालाई मध्यनजर गरेर जतिसक्दो छिटो आआफ्नो पदबाट राजिनामा दिनुपर्ने बताउनुभएको छ । उहाँका अनुसार संविधान अनुसार सबै दलको सहमतिमा उहाँले केही समय अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु हुनेछ । स्थिति सामान्य भएपछि निर्वाचित राष्ट्रपतिलाई पद हस्तान्तरण गर्नुहुनेछ ।

राजापक्षको राजिनामा बुधबार आउने

यसै बीच श्रीलंकाका राष्ट्रपति राजापाक्षले आफूले आगामी बुधबार(१३ जुलाई)का दिन राजिनामा दिने सन्देश पठाउनुभएको छ ।

सभामुख तथा प्रस्तावित अन्तरिम राष्ट्रपति महिंदा यापा अभयवर्द्धनाले यसको जानकारी दिनुभएको हो ।

प्रधानमंत्री रनिल विक्रमसिंघेले पनि आफू पदबाट राजिनामा दिन तयार रहेको बताउनुभएको थियो ।

शनिवार राजधानी कोलम्बोमा भएको विशाल विरोध प्रदर्शनका सहभागीहरुले राष्ट्रपति निवास कब्जा गरेका थिए । त्यही विशाल विरोध प्रदर्शनका सहभागी प्रदर्शनकारीहरु मध्ये प्रधानमन्त्री विक्रमसिंघेको निवासमा घुसेकाहरुले उहाँको निवासमा आगजनी गरेका थिए ।

राजापक्षको फिर्ता असंभव

पूर्वराष्ट्रपति चन्द्रिका कुमारातुंगाका एक सल्लाहकार राम मणिक्कलिंगमका अनुसार अब सत्तामा उहाँको फिर्तीको संभावना लगभग शून्य भएको छ । फर्कने कुनै बाटो बाँकी रहेको छैन। चंद्रिका कुमारतुंगा सन १९९४ देखि २००५सम्म श्रीलंकाकाको राष्ट्रपति हुनुहुन्थ्यो।

उहाँले राष्ट्रपति राजापाक्ष राजधानी कोलम्बोको एक उपनगरीय क्षेत्रको एक सैन्य शिविरमा लुक्नुभएको र यो निर्णायक मोडमा फर्कने संभावना नभएको बताउनुभएको छ ।

उहाँले राजपक्षको राजनीति सदाको लागि समाप्त भएको र सत्तामा बसेर भ्रष्टाचार गर्ने राजनीतिक नेताहरुको पनि अन्त्य हुने समय आएको बताउनुभयो ।

यसैबीच श्रीलंकाको विपक्षी पार्टीका नेता सांसद हर्ष डी सिल्भाले शनिवारको सर्वदलीय बैठकमा राष्ट्रपति और प्रधानमंत्रीले तुरुन्त राजिनामा दिनुपर्ने सहमति कायम भएको बताउनुभएको छ ।

विपक्ष के सांसद हर्ष डी सिल्वाविपक्ष के सांसद हर्ष डी सिल्वाविपक्ष के सांसद हर्ष डी सिल्वा

उहाँले संविधान अनुरुप सभामुख ३० दिनसम्म अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने र एक सर्वदलीय अन्तरिम सरकार स्थापना गरेर यथाशीघ्र निर्वाचन गर्नेमा पनि सहमति भएको बताउनुभयो ।

सांसद शिल्भाले भन्नुभएको छ कि संसदले गोप्य मतदानको माध्यमबाट २४ नोभेम्बरसम्म नयाँ राष्ट्रपतिको निर्वाचन गर्नुपर्नेछ ।

Share Now

Leave a comment.