कोलम्बो(श्रीलंका), ३० आषाढ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्स भागेर सिङ्गापुर जाने तयारीमा रहेको रोयटर्सको रिपोर्टले जनाएको छ ।
राष्ट्रपति गोताबाया राजापाक्षे आफ्नी पत्नी अयोमा र दुई सुरक्षाकर्मीका साथ मंगलबार झिसमिसे हुनुपूर्व बिहान ३ बजे कोलम्बोबाटै सैनिक विमानमा मालदिभ्स भाग्नुभएको थियो ।
उहाँ मालदिभ्सबाटै बुधबार सिंगापुर जाने कार्यक्रम थियो तर बिहिबार बिहानसम्म उहाँ सिंगापुर पुग्नुभएको छैन ।
यस विषयको संवेदनशीलताका कारण पहिचान गर्न अस्वीकार गर्ने स्रोतले सिङ्गापुरमा अवतरण गरेपछि राजापाक्षेले राजीनामा दिन सक्ने बताएको रोयटर्सको रिपोर्टमा उल्लेख छ।
राजापाक्षेले गत साताको अन्त्यमा एकता सरकारको बाटो बनाउन बुधबार राजीनामा दिने वाचा गरेका गर्नुभएको थियो।
आफ्नो राष्ट्रपतिको अधिकार अनुसार, “राजापाक्षे देशको रक्षा मन्त्रालयको स्वीकृतिमा श्रीलंकाको वायुसेनाको विमानमा आफ्नी पत्नी र दुई अंगरक्षकहरूसँग माल्दिभ्स जान सक्षम हुनुहुन्थ्यो ।” श्रीलंकाका सरकारी अधिकारीहरूले भनेका छन्।
राजापाक्षे कोलम्बोमा रहेको आफ्नो सरकारी निवासबाट भागेपछि हजारौं प्रदर्शनकारीले त्यसलाई कब्जामा लिएका थिए।
श्रीलंकाको अर्थतन्त्रमा राजपाक्षेको कुप्रबन्धलाई लिएर पछिल्ला दिनहरूमा राजधानीमा विरोध प्रदर्शनहरू भइरहेका छन्।
यो सबैभन्दा खराब आर्थिक संकटको बीचमा इन्धन र अन्य अत्यावश्यक आपूर्तिहरूको गम्भीर अभाव र बढ्दो मुद्रास्फीतिको सामना गरिरहेको छ।
बुधबार कार्यवाहक राष्ट्रपतिमा नियुक्त हुनुभएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालयमा प्रदर्शनकारीले आक्रमण गरेपछि अराजकता चर्किएको छ ।
उहाँले आपतकालीन अवस्थाको घोषणा गरेर सुरक्षा बलहरूलाई शान्ति र सुव्यवस्था पुनर्स्थापना गर्न जस्ता कदम पनि चाल्न आदेश दिनुभएको छ।


















