Prakash Adhikari March 19, 2018

 

काठमाण्डौ, ५ चैत । कर्णाली प्रदेशका मुख्यमत्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा आएको उच्चस्तरीय प्रतिनिधि मण्डलले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी प्रदेशका समस्या अवगत गराएको छ ।

प्रतिनिधि मण्डलमा प्रदेश प्रमुख दुर्गाकेशर खनाल ,सभामुख राजबहादुर शाही लगायत मन्त्रीहरु समेत सहभागी थिए ।

भेटका अवसरमा मुख्य मन्त्री शाहीले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने, सो क्षेत्रका जडीबुटीको अनुसन्धान, संरक्षण, व्यवसायिक खेती र प्रशोधन गर्ने सो क्षेत्रका मार्सी र जुम्ली धान, उवा,फापर,सिमी,लगायतका खाद्यान्नको विकासमा ध्यान दिने, जलस्रोतको उपयोग, यातायातको सहजीकरणको लागि सडक सञ्जालको विस्तार,स्याउको व्यवसायिक उत्पादन र बजारीकरण, भेडाच्याड.ग्रा पालन,लगायतका विषयमा कुरा राखेका थिए ।

प्रतिनिधि मण्डलको कुरा सुनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णाली कै स्रोत साधन उपयोग गर्नुपर्ने बताएका थिए। उनले कर्णाली प्रदेश जति विकट भए पनि सम्भावनाचाँही अथाहा रहेको बताए ।

कर्णालीलाई अर्गानिक प्रदेशको रुपमा विकास गर्ने प्रदेश सरकारको निर्णयको प्रधानमन्त्री ओलीले प्रशंसा गरे ।उनले वर्तमान सरकारले रासायनिक मल उत्पादन गर्ने कारखानालाई निरुत्साहित गरेर प्रांरागारिक मल उत्पादन गर्ने कारखानालाई प्रोत्साहन गर्ने पनि बताए ।

‘कर्णालीका हरेक उत्पादनलाई अर्गानिक बनाएर बजारीकरण गर्नुहोस’ प्रधानमन्त्री ओलीले भने ‘त्यहाँका जनवारले जडिबुटी चरेका छन् । तिनीहरुबाट उत्पादन हुने वश्तुको मूल्य अन्यत्रको भन्दा महंगो हुन्छ । ’ प्रधाननमन्त्री ओलीले कर्णालीको स्याउ,यार्चागुम्बा समृद्धिका स्रोत भएको बताए  ।

‘विकसित देशको औषधी हालेको नक्कली होइन,कणार्लीमा फलेको अर्गानिक स्याउ हो भनेर अन्तराष्टि बजारमा बजारिकरण गर्नुपर्छ ’ प्रधानमन्त्री ओलीले थपे ।

कर्णालीको विकासमा केन्द्र सरकारको सकारात्मक सहयोग रहने प्रधानमन्त्री ओलीले उल्लेख गरे । ‘कर्णालीमा बाटो,पुल बनाउने,प्राविधिक विद्यालय खोल्ने र नयाँ सहर बसाउने जिम्मा सरकारको हो’ प्रधानमन्त्री ओलीले भने ‘त्यदेखि बाहेकका काम तपाईंहरु लाग्नुहोस ।’

Share Now

Leave a comment.