Prakash Adhikari March 19, 2018

 

क्रेमलिन(रुस),५ चैत्र(बीबीसी) । राष्ट्रपतीय चुनावमा अपेक्षित जित हासिल गरेसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई अर्को ६ वर्ष नेतृत्व गर्ने भएका छन्।

अधिकांश मत गणना भइसक्दा उनले ७६ प्रतिशत मत ल्याएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

प्रमुख विपक्षी नेता एलेक्सेइ नाभाल्नीलाई चुनावमा उठ्न रोक लगाइएको थियो।

चुनावको प्रारम्भिक नतिजा घोषणा गरिएपछि मस्कोमा एउटा र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले ‘विगत केही वर्षयताका उपलब्धिलाई मतदाताहरूले अनुमोदन गरेको’ बताए।

अपेक्षित
फेरि अर्को ६ वर्षे कार्यकालका लागि पनि उठ्नुहुन्छ कि भन्ने पत्रकारहरूको जिज्ञासा सुनेर पुटिन हाँसे।

उनले भने, “तपाईँहरूले जे भनिरहनुभएको छ त्यो अलिकति ठट्टा भयो। के तपाईँहरूलाई लाग्छ सय वर्षको नहुञ्जेल म पदमै रहिरहन्छु?”

अनि प्रतिप्रश्नको जवाफ उनी आफैँले दिए, “त्यस्तो होइन।”

जित पहिल्यैदेखि अपेक्षित भए पनि सन् २०१२ मा पुटिनले ल्याएको मतभन्दा अहिले बढी पाएका छन्।

त्यतिबेला उनले ६४ प्रतिशत मत ल्याएका थिए।

‘अविश्वसनीय’

निर्वाचन आयोगका अनुसार पुटिनका निकटतम प्रतिद्वन्द्वी पावल ग्रुडीनिनले अहिलेसम्म करिब १२ प्रतिशत मत ल्याएका छन्।

क्रेम्लिनले अपेक्षा गरेको भन्दा कम अर्थात् ६४ प्रतिशत मात्रै मत खसेको थियो।

पुटिनको चुनावी अभियान टोलीले उनको जितलाई ‘अविश्वसनीय’ भनेको छ।

अभियान टोलीका एकजना प्रवक्ताले रुसको इन्टरफ्याक्स समाचार संस्थालाई भने, “उहाँले प्राप्त गरेको मत प्रतिशत आफैँ बोल्छ। यो जनादेश हो जुन भविष्यमा निर्णय गर्नका निम्ति पुटिनलाई चाहिन्छ र उनले थुप्रै निर्णयहरू गर्नुपर्नेछ।”

Share Now

Leave a comment.