Prakash Adhikari March 19, 2018

 

काठमाडौं, ५ चैत्र । आगामी महिना काठमाडांमा नेपाल भारत लगानी सम्मेलन हुनेभएको छ ।

यस कुराको जानकारी नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेटमा दिएकी हुन् ।

नेपाल भ्रमणमा रहेकी भारतीय उद्योग परिसंघ (सीआईआई)की अध्यक्ष सहितको नेपाल भारत संयुक्त व्यवासायिक प्रतिनिधि मण्डलले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेट गरेको थियो ।

सीआईआईकी अध्यक्ष एवं अपोलो हस्पिटल इन्टरप्राइजेज लिमिटेडका कार्यकारि उपाध्यक्ष सोबना कामिनेनी अहिले नेपाल भ्रमणमा छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल समृद्धिको मार्गमा लम्कन लागेकोले भारतीय संयुक्त लगानी विस्तारका लागि सहयोग गर्न सीआईआईका अध्यक्षलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिनै आफ्नो प्रमुख प्राथमिकता रहेको स्पष्ट पार्दै दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबाट नेपालमा भारतीय संयुक्त लगानी बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

नेपालमा लगानी ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुहोस, कस्तो सहयोग गर्न पर्छ मलाई भन्नुहोस, सरकार सहयोग गर्न तयार छ ( प्रधानमन्त्रीले भने।

सो अवसरमा महासंघका अध्यक्ष राणाले आगामी अप्रिलमा दुवै महासंघको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल(भारत लगानी सम्मेलन को गृहकार्य भैरहेको जानकारी दिदैं नेपालमा भारतीय लगानी विस्तारमा सो सम्मेलन महत्वपूर्ण हुने बताएकी थिइन् ।

भेटवार्ताका अवसरमा सीआईआईका अध्यक्ष कामिनेनीले प्रधानमन्त्री ओलीलाई भारतीय निजी क्षेत्रका तर्फबाट बधाई दिएकी थिइन् ।

उनले नेपालको आर्थिक विकासको अभियानमा सहभागी हुन भारतीय निजी क्षेत्रपनि उत्साहित रहेको भन्दै लगानीका क्षेत्र पहिचान र संयुक्त लगानी विस्तारको विस्तारमा आगामी दिनमा ठोस गृहकार्य सहित अगाडी आवश्यक रहेको उल्लेख गरेकी थिइन ।

यसैबीच नेपाल र भारतको निजी क्षेत्रबीच गठित संयुक्त आर्थिक परिषद को बैठक शनिवार काठमाडौंमा सम्पन्न भएको छ ।

सो बैठकमा एफएनसीसीआईका तर्फबाट महासंघका अध्यक्ष भवानी राणा र सीआईआईका तर्फबाट अंकुल भट्नागरले नेतृत्व गरेका थिए ।

बैठकमा महासंघका तर्फबाट नेपालमा बन्दै गएको आर्थिक व्यवसायिक एवं लगानीको वातावरण, आर्थिक विकासमा सरकार तथा राजनीतिक दलहरूबाट प्राप्त प्रतिवद्धताका विषयमा जानकारी गराउंदै दुबै देशबाट संयुक्त लगानीमा नेपालमा उद्योगधन्दाको विकासका लागि आग्रह गरिएको थियो ।

बैठकमा संयुक्त लगानीको प्रवर्द्धन, नेपालको भारतसंग रहेको व्यापार घाटा न्यूनीकरण, सहकार्यका सम्भाव्य नयाँ क्षेत्रहरू, पछिल्लो पटक आयात निर्यातमा देखापरेका समस्या लगायतका विषयमा समेत विस्तृत छलफल भएकोनेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

Share Now

Leave a comment.