Prakash Adhikari March 19, 2018

काठमाडौं,५ चैत्र  । एनआइसी एशिया बैंकले मलेसिया, कतार, यूएई, साउदी अरब र मौरिससबाट नेपालमा रेमिट्यान्स सेवा सुरुवात गरेको छ । बैंकले मलेसियाको म्याक्स मनी एसडीएन.बीएचडी तथा एम.एम रेमिट एण्ड मौरिसस सँगको सहकार्यमा रेमिटेन्स सेवा शुरुवात गरेको हो ।

एनआइसी एशिया बैंकले मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको हो । यस सम्बन्धमा बैंकबाट बैंकलाई गत फागुन २७ गते उक्त सेवा शुरु गर्न स्वीकृती समेत प्राप्त गरेको छ । सम्झौता अनुसार म्याक्स मनी एसडीएन.बीएचडी को मलेसियामा रहेका २१ सम्पूर्ण शाखाबाट नेपालमा रहेका आफन्तहरुले भुक्तानी पाउनेछन् ।

त्यसैगरि बैंकले कतार, यूएई, साउदी अरब र मौरिससबाट रेमिटेन्स भित्र्याउन एम.एम रेमिट मौरिसस सँग पनि विप्रेषण रकम भुक्तानी कार्यका लागि सम्झौता गरेको छ । यी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गर्न राष्ट्र बैंकबाट फागुन २७ गते नै स्वीकृति प्राप्त गरेको छ ।

साथै, एनआइसी एशिया रेमिट मार्फत पठाएको विप्रेषण रकम यस बैंकको १८४ शाखा तथा ४ हजार ६ सय सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने कद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Share Now

Leave a comment.