काठमाडौं, ६ चैत्र । नेपाली कांग्रेसका संसदीय दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सांसद बालकृष्ण खाँणलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका छन् ।
सांसद खाँण समानुपातिकबाट प्रतिनिधिसभा सदस्य भएका हुन् ।
पार्टी सभापति देउवाको अति निकट मानिने खाँण प्रदेश र प्रतिनिधिसभाको चुनावमा निर्वाचन परिचालन समितिको संयोजक पनि भएका थिए ।