Prakash Adhikari September 13, 2022

काठमाडौं, २८ भाद्र । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान सकेको छ ।

महाभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा पर्नुभएका जबरासँग १५ भदौबाट प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले बयान लिएको हो ।

जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो ।

जबरालाई समितिले विभिन्न विषयमा ४३ वटा प्रश्न सोधेको समिति सदस्य कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो। पोखरेलका अनुसार राणाको बयानमा प्रतिप्रश्न गर्न समितिले उनलाई फेरि बोलाउने छ।

मंगलबार ८ वटा प्रश्नको जवाफ लिएसँगै समितिले जबरासँगको बयान सकेको हो ।

पाँच दिन दिएको बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि लगाइएको महाअभियोग प्रस्तावको औचित्य नै सकेको दाबी गर्नुभयो । उहाँले समितिले सोधेका प्रश्नहरुको जवाफ दिंदा सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञमाथि विभिन्न आरोपहरु लगाउनुभएको छ ।

उहाँले आरोपित गर्नुभएका व्यक्तिहरुलाई पनि समितिले छलफलका लागि बोलाउने समितिले निर्णय गरेको छ ।

Share Now

Leave a comment.