काठमाडौं, ३ असोज । नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि बगंलादेशले जितेको छ।
साफ महिला च्याम्पियनसिपमा नेपाल पाचौँ पटक फाइनलमा पुगेर उपाधि चुम्ने नेपालको बाटो रोकिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई ३–१ ले पराजित गर्दै बगंलादेशले उपाधि उचालेको हो।
फाइनलमा पुगेको दोस्रो पटकमा नैह् बंगलादेशले बगंलादेशले उपाधि जितेको हो।
यसअघिका चार संस्करण उपाधि नजिक पुगेर भारतसँग पराजित हुँदै उपविजेतामा सिमित नेपाली टोलीले यो पटक बंगलादेश तगारो बन्यो ।
बंगलादेशका लागि श्रीमती कृष्ण रानी सरकारले २ तथा साम्सुनाहरले एक गोल गरिन्।
खेलको पहिलो मिनेटमा नै कृष्णदेवी सरकारले प्रहार गरेको बल गोलरक्षक एञ्जिला तुम्वापो सुब्बाले बचाइन्। खेलका सुरु भएको दुई मिनेटमा नै दिपा शाहीको प्रहार बंगलादेशकी गोलरक्षकले सहच बचाउ गरिन्।
खेलको १४ औँ मिनेटमा मोनिका चकमाको पासमा साम्सुनाहरले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाइन्। उनी खेलको १० औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी थिइन्।
खेलको ३५ औँ मिनेटमा अनिता बस्नतेको फ्रिकीक पोष्टको नजिकबाट बाहिरिदा नेपालले बराबरी गर्ने मौका गुमायो। विपक्षी खेलाडीले अनिता बस्नेतलाई लडाएपछि नेपालले फ्रिकीकको मौका पाएको थियो। खेलको ४१ औँ मिनेटमा कृष्णरानी सरकारले गोल गर्दै अग्रता दोब्बर पारिन्।
खेलको दोस्रो हाफमा अनिता केसीको स्थान लिदै सावित्रा भण्डारी मैदान प्रवेश गरेकी थिइन्।
खेलको ४८ औँ मिनेटम अनिता बस्नेतको कर्नरमा अनिता जैसीको हेडर किपरले बचाउ गरिन्। ५२ औ मिनेटमा अनिता बस्नेतको क्रसमा रश्मी कुमारी घिसिङको हेडर पोष्टबाट बाहिरियो।
Congratulations Bangladesh Women's Football Team🇧🇩💖#Saff_Women_Championship_2022#BangladeshVSNepal
#🏆 CHAMPIONS 🇧🇩 🏆 pic.twitter.com/YpXGwtidjp— sharifhossain (@sharifh43934777) September 19, 2022
खेलको ७० औँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याइन्। ७४ औँ मिनेटमा अनिता बस्नेतको कर्नरमा सावित्रा भण्डारीको प्रहार पोष्टबाट बाहिरिदा नेपालले बराबरी गर्ने मौका गुमायो।
७७ औँ मिनेटमा श्रीमती कृष्ण रानी सरकारले गोल गर्दै बंगलादेशलाई ३–१ को अवस्थामा ल्याइन्। त्यसपछि नेपाल पुरै रक्षात्मक भयो ।
घरेलु मैदानमा उपाधि चुम्ने धोको यो बर्ष पनि अधुरै रह्यो ।


















