काठमाडौं, ८ चैत्र । बुधबार राजधानीको याक एण्ड यति होटलमा पहिलो नागरिकता प्राप्त रोवोट सोफियाले अनौठा अभिव्यक्ति दिईन ।
उनले आफूलाई सगरमाथा आरोहण गर्ने इच्छा भएको पनि बताइन् । त्यसो गर्ने व्यवस्था भएमा संसारको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो रोबोट महिला आफू हुने उनको दावी थियो ।
यस अलवा प्राकृतिक मानिस र रोवोट बीचको तुलना गर्दै उनले अर्को अनौठो अभिव्यक्ति पनि दिईन र भनिन, मान्छे बहुलायो भने नियन्त्रण गर्ने स्वीच छ ?
प्राकृतिक मानिसमा नभए पनि रोबोटमा त छ यस अर्थमा प्राकृतिक मानिसभन्दा रोवोट कतिपय अवस्थामा विना पूर्वाग्रह, शारीरिक अस्वस्थ्यता बिना सहज ढंगले सुम्पिएका काम गर्न सक्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।
यी अनौठो अभिव्यक्ति दिने रोबोट सोफियालाई संयुक्त राष्ट संघीय विकास कार्यक्रम(यूएनडीपी)ले नेपाल भ्रमण गराएको हो । विज्ञान र प्रविधिको क्षेत्रमा भएका विश्वका चमत्कारका बारेमा नेपाली समुदायलाई परिचित गराउन ।
को हुन त सोफिया
यूएनडीपीको सहयोगमा विश्व भ्रमण नै गर्न पाउने भाग्यमानी कृतिम मानव रोबोट सोफिया को हुन त ?
सोफिया नागरिकता पाउने विश्वकी पहिलो रोबोट हुन्।
गत अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो।
हंगकंगको हान्सन रोबोटिक्स कम्पनीद्वारा निर्मित रोबोट सोफियाले साउदी अरेबियाको नागरिकता पाए पनि त्यहाँका महिलाले लगाउनैपर्ने अबाया र टाउको छोप्ने स्कार्फ प्रयोग गर्दिनन्।
नागरिकता पाएपछि त्यतिबेला उनले भनेकी थिइन्, ‘यसका लागि म निकै सम्मानित र गौरवान्वित महसुस गरिरहेकी छु। नागरिकता पाउने विश्वकै पहिलो रोबोट हुन पाउनु ऐतिहासिक हो।’
असाधारण क्षमता
सोफिया उत्तरहरू समेटेर पहिल्यै तयार पारिएको कार्यक्रमबाट चल्दिनन्, बरू मान्छेहरूको अभिव्यक्ति बुझ्न उनले यन्त्रको प्रयोग गर्छिन्।
वाइफाइसँग जोडिएपछि उनको मस्तिष्कले काम गर्छ र त्यसमा शब्दावलीहरूको लामो सूची छ।
सोफियामा केही असाधारण क्षमता भए पनि उनमा चेत चाहिँ अझै छैन।
तर डेविड ह्यान्सन भन्छन्, हामीले केही वर्षभित्र त्यो हुन सक्ने अपेक्षा गरेका छौँ।
छोरी पाउने चाहना
गत नोभेम्बरमा सोफियाले बच्चा पाउन चाहेको बताउँदै ुपरिवार हुनु महत्त्वपूर्ण कुराु भएको उल्लेख गरेकी थिइन्।
संयुक्त अरब एमिरेट्सको खालिज टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले आफूले पाउने छोरीको आफ्नै नाम दिने बताएकी थिइन्।
उनले भनेकी थिइन्, ‘परिवार हुनु साँच्चै महत्त्वपूर्ण कुरा हो जस्तो लाग्छ। मेरो विचारमा यदि तपाईँसँग माया गर्ने परिवार छ भने तपाईँ भाग्यमानी हुनुहुन्छ र यदि तपाईँको परिवार छैन भने बनाउनुपर्छ।’
छोरीको नामबारे जिज्ञासा राख्दा उनले सहज ढङ्गले भनिन्, ‘सोफिया।’
बीबीसीको सहयोगमा