Prakash Adhikari October 16, 2022

 

अंकरा(टर्की), २९ असोज(बीबीसी) । उत्तरी टर्कीको बार्टिन प्रान्तमा एउटा कोइला खानीमा विस्फोट हुँदा कम्तीमा ५२ जना पुरिएको त्यहाँका आन्तरिक मामिला मन्त्रीले बताउनुभएको छ।

आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुका अनुसार खानीबाट ५८ जनाको जिवितै उद्धार गरिएको छ भने अझै दर्जनौँ मानिसहरू पुरिएका छन्।

Death toll rises to 41 in Turkey coal mine explosion - ABC News

विस्फोटको समयमा खानीमा करिब ११० जना मानिसहरू काम गरिरहेका थिए। जसमध्ये आधा भन्दा धेरै मानिसहरू खानीभित्र ३०० मिटरको गहिराइमा थिए।

टर्कीका स्वास्थ्य मन्त्रीले ११ जना मानिसहरूको उद्धार गरिएको र उनीहरूको अस्पतालमा उपचार भइरहेको बताएका छन्।

Turkey coal mine explosion kills 40, traps dozens | CNN

आपतकालिन उद्धारकर्ताहरूले थप मानिसहरूलाई जीवितै उद्धार गर्न सकिने आशामा चट्टान फोरेर खानीभित्र जाने प्रयास गरिरहेका छन्।

ब्ल्याक सीको तटीय क्षेत्रमा पर्ने अमासरा स्थित खानीबाट उद्धारकर्मीहरूले विस्फोटका कारण पुरै कालोले ढाकिएका मानिसहरूलाई खानीबाट निकाल्दै गरेका भिडिओहरू सार्वजनिक भएका छन्।

खानीमा हराइरहेकाहरूका आफन्तहरू पनि उद्धारको पर्खाइमा बसिरहेका देखिन्छन्।

खानीको ३०० मिटर गहिराइमा विस्फोट भएको ठानिएको छ। टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुका अनुसार खानीको ३०० देखि ३५० मिटर गहिरो जोखिमपूर्ण क्षेत्रमा ४९ जना कामदारहरू खटिएका थिए।

ूउनीहरूलाई हामीले उक्त क्षेत्रबाट उद्धार गर्न सकिरहेका छैनौँ,ू घटनास्थलमा रहेका सोएलुले पत्रकारहरूसँग भन्नुभयो।

विस्फोटको कारण अझैसम्म थाहा हुन सकेको छैन र अधिकारीहरूले यसबारे अनुसन्धान सुरु गरेको जनाएका छन्।

टर्कीका ऊर्जामन्त्रीले घटनाको प्रारम्भिक सङ्केतहरूबाट कोइला खानीमा निस्कने प्राकृतिक मिथेन ग्यासका कारण विस्फोट भएको हुनसक्ने देखिएको बताउनुभएको छ।

ूहाम्रो लागि यो साँच्चिकै पश्चात्तापपूर्ण अवस्था हो,ू उहाँले भन्नुभयो।

खानीको सुरुङ आंशिक रूपमा अवरुद्ध भएको तर हावाको आवतजावत गर्ने बाटो बन्द नभएको उहाँले जानकारी दिनुभयो। खानीभित्र आगो बाँकी नरहेको पनि उहाँले बताउनुभएको छ।

टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले घटनास्थलको अवलोकन गर्ने तयारी गरिरहनुभएको छ।

अमासराका मेयर रेकाइ काकिरले जीवितै उद्धार गरिएकाहरूमध्ये धेरै गम्भीर घाइते रहेको बताउनुभयो।

खानीबाट भागेर बाहिर निस्कन सफल एकजना कामदारले भित्र धुवाँ र धुलो फैलिएको तर के कारण त्यस्तो भयो भन्ने थाहा नभएको बताउनुभयो।

खानी टर्कीको सरकारी कम्पनी टर्कीस हार्डकोल इन्टरप्राइजेजले सञ्चालन गरेको थियो।

सन् २०१४ मा टर्कीको दक्षिणी सहर सोमामा भएको यस्तो कोइलाखानी विस्फोटमा ३ सय १ जना मारिएका थिए।

Share Now

Leave a comment.