Prakash Adhikari March 24, 2018

सानेपा(ललितपुर), १० चैत्र । नेपाली कांग्रेका केन्द्रीय सदस्य नरहरि आचार्य नेपाली कांग्रेसको शनिवारको बेठकमा उपस्थित भएर पाटीमा ४ बुँदे लिखित सुझाव पेश गरेका छन् ।

उनले सुझावमा नेपाली कांग्रेसलाई जिम्मेवार प्रतिपक्षको रुपमा लैजान पर्ने, विकास र समृद्धिको कार्यक्रम कांग्रेसले पनि सार्नुपर्ने, पार्टीलाई संघीय संरचना अनुरुप लैजानु पर्ने, पार्टीको विधानले निर्देशित गरेका कामहरु विधानअनुरुप हुनु पर्ने, पार्टीको संरचनालाई पूर्णता दिनुपर्ने, संघीय गणतन्त्रलाई संंस्थागत गर्न आवश्यक बाँकी काम अगाडि बढाउनु पर्ने, पार्टीको महासमितिको बैठक बोलाउनु पर्ने लगायतका सुझाव दिएका छन् ।

नेता आचार्यले बामपन्थी एकता भएपछि त्यसलाई अवसरको रुपमा लिएर सार्थक लोकतान्त्रिक एकता गर्न नसकिएको र आफ्नो नेतृत्वमा भएका परिवर्तन र संविधान निर्माणका साथै संविधानमा अन्तरनिहित कुराहरु आफ्ना कार्यकर्ता र उनीहरु मार्फत जनतालाई बुझाउन नसकेकोले चुनावमा हार भएको निश्कर्ष निकालेका छन् ।

कांंग्रेस नेता आचार्यले पार्टीलाई भविष्यमुखी बनाउन र आफ्नो नेतृत्वमा भएको परिवर्तनलाई अगाडि बढाउने कार्यक्रम तर्जुमा गरी अघि बढ्न पनि सुुझाव दिएका छन् ।

२०७२ फागुन २६ गते असामयिक निधन भएका पार्टीका सभापति सुशील कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्दा मस्तिष्काघात भएर लामो समय उपचार र आराममा समय विताएका आचार्यलाई पार्टी सभापतिमा निर्वाचित भएपछि शेरबहादुर देउवाले केन्द्रीय सदस्य मनोनित गरेका थिए ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समिक्षा सम्बन्धी चैत्र ९ गतेदेखि जारी बैठकमा शनिवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यका अलवा दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, नविन्द्रराज जोशी, गुरुराज घिमिरे, कल्याणकुमार गुरुङ, बीरबहादुर बलायर र हरिप्रसाद नेपालले आ–आफ्नो धारणा राखेका थिए ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा जनाइए अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७४ चैत्र १२ गते विहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा पुनः बस्नेछ ।

 

Share Now

Leave a comment.