Prakash Adhikari December 11, 2022

काठमाडौं, २५ मंसिर । साताको पहिलो दिन नेपालको शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आइतबार कारोबारको सुरुदेखि नै बजारमा गिरावट आएको हो । उक्त गिरावट अन्तिमसम्म कायमै बजार सूचक ३१.९७ अंकले घटेर परिसूचक १८८५.३१ बिन्दुमा रोकिएको छ ।

सय दिन २ सय ५३ कम्पनीको ३५ लाख १२ हजार ८ सय ३४ कित्ता शेयरको किनबेचबाट १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँको कारोबार भएको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकरणमा परेका १३ वटै उपसमूहका उपसूचकहरु घटेका छन् । आइतबार बैंकिङ समूहको ३०.८०, विकास बैंक ४७.९१, वित्त २०.९९, होटल २७.६१, जीवन बीमा ७८.४४, उत्पादन तथा प्रशोधन ८२, माइक्रोफाइनान्स ५५.३४, निर्जीबन बीमा ९८.४०, अन्य २१.०८ र ट्रेडिङ समूहको उपसूचक उपसूचक २४.५९ अंकले घटेको छ ।

Symbol Current Chng Chng %
1,307.13 -30.80 -2.30
3,327.47 -47.91 -1.42
1,531.56 -20.99 -1.35
2,684.87 -27.61 -1.02
1,957.85 -26.47 -1.33
55.79 -0.69 -1.22
9,132.87 -78.44 -0.85
4,904.19 -82.00 -1.64
4,311.12 -55.34 -1.27
13.23 -0.13 -0.96
13.23 -0.13 -0.96
7,453.06 -98.40 -1.30
1,423.09 -21.08 -1.46
1,835.56 -24.59 -1.32

दोहोरो अंकको गिरावट आएको बजारमा पनि सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यको सकारात्मक सर्किट लागेको छ । यस्तै समिट लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस दिन नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबारमा पाँचथर पावर कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, शिव श्री हाईड्रोपावर, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा घटेका छन् ।

कारोबार रकमका आधारमा शिवम सिमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड ९३ लाख ६७ हजार ९२६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र हिमालयन डिस्ट्रिलरी कम्पनी रहेका छन् ।

Share Now

Leave a comment.