काठमाडौं, २ पौष। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनबाट कांग्रेस ठूलो दल बनेकाले अब स्वभाविक रुपमा प्रधानमन्त्री दाबी गर्ने बताउनुभएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरूका लागि आज बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागिता जनाउदै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
कांग्रेस प्रवक्ता डा.महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्री बन्ने इच्छा देखाइरहेको विषयलाई पनि स्वभाविक रुपमा लिनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तर, सबै रुपमा कांग्रेसको नेतृत्व उपयुक्त हुन्छ ।’

उहाँले अब केही दिनमा कांग्रेस संसदीय दलको निर्वाचन पनि हुने र त्यसपछि प्रधानमन्त्रीको विषय थप टुंगो लाग्ने बताउनुभयो ।
यसपटक पनि अरु दलको सहयोग लिएर कांग्रेसले नै सरकार बनाउने र एकताको सन्देश दिन यो जरुरी पनि रहेको उहाँको कथन छ ।
कांग्रसले भोलि आइतबार ३ बजे कार्यसम्पादन समिति बैठक समेत बोलाएको छ ।


















