Prakash Adhikari December 19, 2022

दोहा(कतार), ४ पौष । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले सन्यास लिने कुनै योजना नरहेको बताएका छन्।

आइतबार अर्जेन्टिनालाई विश्वच्याम्पियन बनाएपछि पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले तत्काल सन्यासको योजना नरहेको जवाफ दिए।

सन्यास बारे सोधेको प्रश्नमा मेस्सीले भने, ‘होइन, म राष्ट्रिय टोलिबाट सन्यास लिने छैन। अर्जेन्टिनाको जर्सीमा विश्वच्याम्पियनको रुपमा खेलिरहन चाहन्छु।’

यसअघि यो विश्वकप आफ्नो अन्तिम हुने बताएका मेस्सीले विश्वकपसँगै सन्यास लिन सक्ने अनुमान गरिएको थियो। ती अनुमानविपरीत मेस्सीले अझै खेल्ने बताएका हुन्। तर उनले आगामी विश्वकप भने नखेल्ने बताएका छन्।

३५ वर्षीय मेस्सी सर्वाधिक विश्वकप खेल्ने खेलाडी बनेका छन्। विश्वकपमै दुई पटक गोल्डेन बल जित्ने उनी पहिलो खेलाडी हुन्। यसअघि २०१४ मा अर्जेन्टिना उपविजेता बन्दा पनि मेस्सीले गोल्डेन बल जितेका थिए।

तर उनको इच्छा अर्जेन्टिनालाई आफ्नो कप्तानीमा विश्व च्याम्पियन बनाउनु थियो। जुन यसपटकको विश्वकपले पूरा गरेको छ।

 

Share Now

Leave a comment.