Prakash Adhikari December 20, 2022

काठमाडौं, ५ पौष। नेपाली कांग्रेस संसदीय दलको नेतामा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाको उम्मेद्वारी परेको छ ।

संसदीय दलको नेतामा संस्थापन इतर समूहको तर्फबाट नेता डा. शेखर कोइराला आफै उठ्ने तयारीमा हुनुहुन्थ्यो । तर उहाँ उठ्दा गगन थापा तेस्रो हुने अत्यन्त थोरै मत आउने भएपछि समूहका नेता र कार्यकर्ताहरुको दबावमा उहाँ प्रस्तावक बन्न तयार हुनुभएको हो ।

यता संस्थापनका तर्फबाट पार्टी सभापति एवम् प्रधानमन्त्री समेत रहनुभएका शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

आफ्ना प्रस्तावक,समर्थक र आफ्ना पक्षका सांसद तथा केन्द्रीय सदस्यहरुसहित पार्टीको संसदीय दलको कार्यालय सिंहदरबार पुगेर उहाँले आफ्नो उम्मेद्वारी दर्ता गराउनुभएको थियो ।

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल बस्नुभएको छ भने समर्थक उपसभापति पूर्णबहादुर खड्का ।

सायद ४ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू र घरबाहिर को फोटो हुनसक्छ

 

यता दलको नेतामा प्रतिस्पर्धा गर्नुभएका महामन्त्री थापाको प्रस्तावकमा संस्थापन इतर समूहका नेता डा. शेखर कोइराला छन् बस्नुभएको छ भने समर्थनमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल बस्नुभएको छ ।

 

कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो ।

 

कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार हुँदैछ। मतदान पुस ६ गते बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ। संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था छ। कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सांसद छन्।

कांग्रेसका ८९ जना सांसद नै संसदीय दलको नेताको चुनावमा मतदाता हुन्।

 

 

 

 

Share Now

Leave a comment.