Prakash Adhikari January 3, 2023

 

कीर्तिपुर(काठमाडौं), १९ पौष । नेपाल टी २० लिग अन्तरगत भएको आजको दोस्रो खेलमा हरमित सिंहको विष्फोटक ब्याटिङमा लुम्बिनी अल स्टार्सले विजयी भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको प्रतियोगितामा लुम्बिनी अलस्टार्सले जनकपुर रोयल्सलाई ५ रनले पराजित गरेको हो।

लुम्बिनीले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो।

जनकपुरका लागि चन्दविक वाल्टन ५९ रनमा नटआउट रहे। ओपनर त्रिभोन ग्रिफ्त र सरफुद्दिन अस्रफ समान २६ रनमा आउट भए। खेलमा सन्दीप जोराले २६ र समिउल्लाह सिन्वारीले १८ रन जोडे ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रनको योगफल तयार पारेको थियो।

खेलमा लुम्बिनीका ओपनर हरमितले सर्वाधिक ७३ रन, लाहिरु मिलान्थाले ३३ रन, हयारी टेक्टर १८ रन, कुशल भुर्तेल १८, कप्तान दीपेन्द्र सिंह ऐरी १४ रनमा आउट भए।

 

Share Now

Leave a comment.