काठमाडौं, २३ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकपटक पुनः भारतमाथि आक्रामक ढंगले प्रस्तुत हुनुभएको छ । शनिवार पार्टीका निर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भारतलाई नेपालको आन्तरिक मामलामा हात नहाल्न चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउँछौ । जे सहयोग गर्न सक्नुहुन्छ गर्नुस् तर आन्तरिक मामिलामा हात हाल्ने काम नगर्नुस् ।’
नेकपा एमालेका अध्यक्ष ओलीले नेपालले कुनै पनि विदेशी मुलुकको आन्तरिक राजनीतिमा चासो नराख्ने र विदेशी मुलुकले पनि त्यस्तो गर्न नहुने भनाइ राख्नुभयो। उहाँले भन्नुभयो ‘अहिले पनि हाम्रा मित्रहरू ढोकाबाट होइन पर्खाल माथिबाट हाम्रो कम्पाउन्डमा पसेर सरकार यसरी बनाउन कहाँ पाइन्थ्यो, फेरफार गर्नुपर्छ भनेर लागेका छन् ।’
उहाले थप्नुभयो, ‘हामी कसैमाथि अर्घेल्याउँ गर्न गएका छैनौं, हामीमाथि पनि अर्घेल्याइँ नहोस् । हामी हाम्रा छिमेकीहरूलाई जो सरकार बन्छ त्योसँग मिलेर काम गर्न आग्रह गर्छौं । हामी सबै छिमेकीसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्न चाहन्छौं ।’
वि विल कम ब्याकले ओली हैरान
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना कार्यकर्तालाई दिनुभएको वि विल कम ब्याक भन्ने ढाड्सले नेकपा एमालेका अध्यक्ष ओली आंतकित हुनुभएको सो कार्यक्रममा स्पष्टै देखिन्थ्यो ।
उहाँले कांग्रेस सभापति शेरबहादुर देउवाको सो भनाईलाई सरकार ढाल्ने प्रयासको रुपमा परिभाषित गर्नुभयो । ‘अहिले असफल पार्ने प्रयास धेरै भइरहेको छ। मााननीय सभापति शेरबहादुर देउवाले भन्नुभयो, वी वील कम ब्याप। हि डजन्ट नो ह्वेन दे कम ब्याक? ,’ उहाँले भन्नुभयो, ‘संकेत उहाँहरुले २६ गते नै ढाल्छौं र आउँछौं भन्नुभयो। उहाँहरु यस्तो खुद्रा खेल खेलिरहनुभएको छ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका निर्वाचित सांसदहरू अगामी २६ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकालाई विश्वासको मत दिलाउन आग्रह गरेका छन्। शनिबार सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारविरुद्ध खुलेआम चलखेल भएको भन्दै सजग गराएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले ‘वी विल कम ब्याक’ भन्दै सरकार ढाल्ने प्रयास गरिरहेको भन्दै ओलीले भने, ‘अहिले असफल पार्ने प्रयास धेरै भइरहेको छ। मााननीय सभापति शेरबहादुर देउवाले भन्नुभयो, वी वील कम ब्याप। हि डजन्ट डन्ट होएन दे कम ब्याकरु,’ उनले भने, ‘संकेत उहाँहरुले २६ गते नै ढाल्छौं र आउँछौं भन्नुभयो। उहाँहरु यस्तो खुद्रा खेल खेलिरहनुभएको छ।’
उहाँले नेपाली कांग्रेसका सभापति देउवाले अन्य दलको अध्यक्षलाई बोलाएर प्रधानमन्त्री बनाउन प्रयास थालेको पनि उल्लेख गर्दै भन्नुभो, यो धारा ७६ (२)को सरकारले विश्वासको मत प्राप्त गरेन भने स्वतः संविधानको धारा ७६ (३)को सबैभन्दा ठूलो पार्टीको दलको नेताले प्रधानमन्त्रीको नियुक्ति पाउँछ।’
उहाँले प्रचण्डको सरकारले विश्वासको मत नपाए संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गर्नुभएको थियो ।
उहाँले कांग्रेसका नेताहरु अबको ५ वर्ष सरकारको विरोध र सरकार ढाल्ने खेलमा लाग्ने पनि बताउनुभयो ।
‘अहिले विश्वासको मत नपाउनेबित्तिकै यहाँ विश्वासको मत नपाउनेबित्तिकै उहाँ असफल हुने हो, त्यो पाउँछ,’ ओलीले भन्नुभयो, ‘उहाँहरुश्को धन्दा अबको ५ वर्ष यो सरकारको विरोध र ढाल्न पाए हुने भनेर बस्नुहुन्छ। २३ सिट हुँदा पनि विभिन्न व्यक्तिहरुका प्रयास र गल्ती मिसिएर कांग्रेसले सरकारको नेतृत्व लिएको थियो। उसले अहिले फेरि यो ढाल्न पायो भने फेरि पनि सरकारको नेतृत्व पाउँछ।”
उहाँले धारा ७६(३)को सरकारले विश्वासको मत नपाए धारा ७६(४) मा जाने र त्यसले पाउने संभावना कम भएकोले देश मध्यावधितिर जाने संकेत पनि गर्नुभयो । ‘४ मा विश्वासको मत लिन खोज्दा पनि पाएन भने संविधानको धारा ७६ (५) मा जान्छ। त्यतिको राजनीति गरिरहेका नेताहरुले त्यो नबुझेको छैन’, उहाँले भन्नुभयो ।


















