Prakash Adhikari January 9, 2023

काठमाडौं, २५ पौष। लक्ष्मी बैंक र सनराइज बैंक आपसमा गाभिने लगभग सहमति जुटेको छ । उच्च स्रोतले दिएको जानकारी अनुसार आज दुवै बैंकबीच एकापसमा गाभ्ने गाभिने संझौता हुने भएको छ।

प्रारम्भिक सहमति अनुसार, दुबै वैक बराबरी हैसियत अर्थात १ :१ को शेयर स्वाप अनुपातमा गाभिने छन्।

गाभिएपछि बन्ने नयाँ बैंकको नाम लक्ष्मी सनराइज बैंक हुने छ।

सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांन (डीडीए) को प्रतिवेदनमा ५ प्रतिशतभन्दा बढिको ‘भेरिएसन’ आएमा स्वाप रेसियो घटबढ हुन सक्छ।
गाभिएर बन्ने बैंकको सञ्चालक समितिको अध्यक्ष, सञ्चालक समितिमा प्रतिनिधित्व र प्रमुख कार्यकारी अधिकृतका बारेमा टुंगो भैसकेको छैन ।

दुबै बैंकले प्रकाशित गरेको पछिल्लो वित्तिय विवरण अनुसार, लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ।

लक्ष्मीको जगेडा कोषमा ४ अर्ब ५५ करोड छ भने सनराइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ।

ग्राहकलाई दिइएको कर्जा लक्ष्मीको १ खर्ब २९ अर्ब ६१ करोड रुपैया छ भने सनराइज बैंकको १ खर्ब १९ अर्ब ३७ करोड रुपैयाँ छ। निक्षेपतर्फ लक्ष्मीको १ खर्ब ४० अर्ब १२ करोड र सनराइज बैंकको १ खर्ब २५ अर्ब ३९ करोड रुपैयाँ छ ।

Share Now

Leave a comment.