Prakash Adhikari January 18, 2023

काठमाडौँ, ४ माघ । नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको छ ।

महामन्त्री विश्वप्रकाश शर्माले आजको बैठकमा सभामुखको निर्वाचन तयारीको विषयमा छलफल हुने बताउनुभएको छ ।

संसदमा आज सभामुखमा मनोनयन दर्ता गर्ने कार्यसूची छ । सभामुखको उम्मेदवार कसलाई उठाउने भन्ने बारेमा काँग्रेस पदाधिकारी बैठक बसेको हो ।

काँग्रेसले सभामुखको उम्मेदवार तय गरिसकेको छैन । बैठकमा पार्टीले उम्मेदवारी नदिएको खण्डमा पनि कसलाई समर्थन गर्ने भन्ने बारेमा छलफल हुनेछ ।

Share Now

Leave a comment.