Prakash Adhikari January 19, 2023

काठमाडौं, ५ माघ । बिहिबार नेपालमो शेयर बजारमा सामान्य वृद्धि भएको छ । यस दिन धितोपत्र बजार नेप्से परिसूचकमा ५.७१ अंकले वृद्धि भई २१७८.८१ विन्दुमा रोकिएको छ ।

यस दिन २ सय ४६ कम्पनीको ८२ लाख ४७ हजार ६ सय ४६ कित्ता शेयरको किनबेचबाट ३ अर्ब, ४ करोड, ४५ लाख, २९ हजार ३ सय २९ रुपैया ६७ पैसाको सेयर कारोबार भएको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकरणमा परेका १३ मध्ये ६ वटाको उपपरिसूचक बढेका छन भने ७ वटाको घटेका छन् ।

Symbol Current Chng Chng %
1,401.64 9.23 0.66
3,930.15 -5.59 -0.14
1,813.94 -8.31 -0.46
3,300.05 -36.21 -1.09
2,706.07 27.52 1.03
70.79 1.24 1.78
10,713.10 -32.72 -0.30
5,292.49 -26.17 -0.49
4,828.58 -35.99 -0.74
14.96 0.22 1.47
9,213.70 19.31 0.21

यस दिन अघिल्लो दिनको तुलनामा धितोपत्रको मूल्य अधिक बढ्ने कम्पनीहरुमा आदर्श लघुवित्त,मैलुड.खोला जलविद्युत,निफ्रा, ग्रीन भेञ्चर लिमिटेड, स्वेतगंगा हाइड्रोपावर, एनआरएन, लक्ष्मी इक्विटी म्युचुअल फण्ड, सिटिजन्स म्युचुअल फण्ड १,हिमालयन हाइड्रो पावर र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।

 

Share Now

Leave a comment.