Prakash Adhikari February 8, 2023

 

देउखुरी(दाड.), २५ माघ । लुम्बिनीमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा आज मतदान हुँदै छ ।

प्रदेशमा राष्ट्रिय सभाको एक रिक्त सदस्यका लागि आज मतदान हुन लागेको हो ।
निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनका घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।

राष्ट्रिय सभा सदस्यका लागि तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचनमा  नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले उम्मेदवार उठाएका छन् ।

प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्य र सत्तारूढ दलका तर्फबाट एमालेका कुमार दसौदी ले मनोनयन दर्ता गराउनुभएको छ भने नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार हुनुहुन्छ ।

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७ छ । प्रदेशभर १ सय ९ स्थानीय तहका स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २ सय १८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

Share Now

Leave a comment.