Prakash Adhikari February 23, 2023

काठमाडौं, ११ फागुन । लघुवित्तलाई कसेर नेपाल राष्ट्र बंकले निर्देशन जारी गरेपछि साताको अन्तिम कारोबार दिन नेपालको शेयर बजारमा भारी गिरावट आएको छ ।

यस दिन धितोपत्र बजार परिसूचक ५७.७४ अंकले ओर्लिएर २०२२.६४ बिन्दुमा रोकिएको छ । यस दिन कारोबारमा आएका २ सय ६० कम्पनीहरुमा २ सय ३ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ वटाको बढेको छ भने १ को यथावत रहेको छ ।

यस दिन अधिकांश लघुवित्तका शेयरधनीहरुको शेयरमूल्य घटेको छ ।

 

Symbol Current Chng Chng %
1,334.51 -24.22 -1.78
3,637.13 -53.09 -1.44
1,699.70 -42.78 -2.46
3,091.80 -98.32 -3.08
2,556.46 -58.07 -2.22
64.84 -1.12 -1.70
10,204.44 -218.70 -2.10
4,947.37 -102.31 -2.03
3,907.02 -412.02 -9.54
14.12 -0.26 -1.83
8,878.33 -198.92 -2.19
1,463.55 -30.41 -2.04
2,185.98 -45.21 -2.03

आज २ सय ६० कम्पनीका ६३ लाख २६ हजार १ सय ५ कित्ता शेयरको किनबेचबाट २ अर्ब ५२ करोड, २७ लाख १३ हजार १ सय ५३ रुपैया ८८ पैसाको सेयर कारोबार भएको विवरण नेप्सेले सार्वजनिक गरेको छ।

शेयर बजारमा भारी गिरावट आएको आजको दिनमा नेशनल हाइड्रो डेभलपर लिमिटेड, सामलिड. पावर, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ २, प्रभु बैंक डिबेञ्चर ८४, सानिमा लार्ज क्याप फण्ड, नेपाल बेंक डिबेञ्चर ८७, सिटिजन्स् म्युचुअल फण्ड २,सिटिजन्स म्युचुअल फण्ड १, स्वाभिमान लघुवित्त र एसबीआई बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको भन्दा बढेका छन् ।

आज अधिकांश लघुवित्तको सेयर मूल्य घटेको छ। शेयर मूल्य अधिक घट्ने कम्पनीहरुमा छिमेक विकास बैंक, डिप्रोक्स विकास बैंक, समिट लघुवित्त, स्वरोजगार लघुवित्त, नयाँ सारथी लघुवित्त ,कालिका लघुवित्त,मिथिला लघुवित्त,मिर्मिरे लघुवित्त ,विजय लघुवित्त र एनएमबी माइक्रो फाइनान्स रहेका छन् ।

यस दिन छिमेक लघुवित्तको सर्वाधिक कारोबार भएको छ। त्यस्तै धेरै रकमको कारोबार हुने अन्य कम्पनीमा एनआईसी एशिया, हिमालयन डिष्टिलरी,साना किसान विकास बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैक, जीवन विकास लघुवित्त, अरुण हाइड्रो पावर, ड.ादी ग्रुप पावर, फरवार्ड माइक्रो फाइनान्स र आरएमडीसी लघुवित्त रहेका छन् ।

 

Share Now

Leave a comment.