Prakash Adhikari February 23, 2023

काठमाडौं, ११ फागुन । सिभिल बैंकलाई प्राप्त गरेको हिमालयन बैंकले भोलि फागुन १२ गतेदेखि एकिकृत कारोबार थाल्ने भएको छ । प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न भई भोलिदेखि हिमालन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुने भएको हो ।

 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिभिल बैंकको शेयर कारोबार रोक्का गरेको छ । सिभिललाई हिमालयन बैंकले प्राप्ति गरेर एकीकृत कारोबार थाल्ने भएपछि शेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका अनुसार फागुन १२ गतेदेखि लागु हुनेगरी सिभिल बैंकको शेयर कारोबार रोक्का गरेको हो ।

Share Now

Leave a comment.