Prakash Adhikari February 27, 2023

काठमाडौं, १५ फागुन । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा अयोग्य एअरहोस्टेसहरुको दादागिरी बढ्न थालेको छ । निगमको आन्तरिक मूल्यांकनमा फेल भएर सेवा अवधि नथपिएका दुईजना एअर होस्टेसले गत मसिर महिनामा निगमका अन्तर्राष्ट्रिय उडानमा रहेका अधिकांश एअरहोस्टेसहरुलाई हडतालमा उतारेर संस्थालाई ३ करोडको चुना लगाएका थिए । सो हड्तालको क्रममा निगम व्यवस्थापनको आग्रहलाई स्वीकार गरेर सेवा सुचारु गर्न खटिएका राष्ट्रसेवक एअरहोस्टेस र क्याबिन क्रुहरुलाई अहिले तिनै अयोग्य एअरहोस्टेसहरुले दुर्व्यबहार गर्न थालेका छन्।

ती दुई अयोग्य एअर होस्टेसले हडताल गरेको बेलामा अत्यावश्यक सेवामा पर्ने हवाई उडान सेवा सुचारु गरी निगमको ख्याति र साखः बचाउने कार्यमा लागेका १२ जना क्याबिन क्रु मध्ये ९ जनाले निगमको अपरेशन विभाग प्रमुखलाई संयुक्त निवेदन दिंदै सो समयमा निगमको सेवा गरेकोमा आफूहरुलाई कार्यस्थलमा हप्कीदप्की गर्ने, होच्याउने र दुर्वाच्य बोली अपमानित गरेर मानमर्दन गरेको व्यहोरा उल्लेख गरेका छन् ।

निगममा कार्यरत चारवटै युनियनहरुको संयुक्त ट्रेड युनियन समितिले एक विज्ञप्ति निकाल्दै अन्तर्राष्ट्रिय उडानमा रहने क्याबिन क्रुहरु तनावमुक्त हुनुपर्ने र कार्यस्थलमा हुने दुर्व्यबहारले उडान सुरक्षामा असर पुग्ने भन्दै त्यसको समयमै व्यवस्थापन गर्न निगम व्यवस्थापनको ध्यानाकर्षण गराएको छ ।

 

समितिले गत मंसिर २८ गते क्याबिन क्रुहरुले अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर हाजिर गरेपछि उडान इन्कारी गरेकोले दिल्ली, मुम्बई, दुबाई र मलेशिया तथा २९ गते रियाद, दिल्ली, दोहा, मलेसिया र बंगलोरको उडान रद्द भएको र अन्तर्राष्ट्रिय उडानको टिकट काटेका यात्रुहरुको होटल बास र उडान पुनर्तालिकीकरण गर्दा ३ करोड रुपैया भन्दाबढी निगमलाई नोक्सानी पर्नुका साथै निगमको ख्याती र साखःमा गम्भीर असर परेको उल्लेख गरेको छ । समितिले ती दुई दिन निगमको इतिहासमा काला दिनको रुपमा अंकित रहेका जनाउदै सो घटनाको छानवीन गरी दोषीमाथि कारबाहीको माग पनि गरेको छ ।

नालायकहरुकै दादागिरी

कार्यसम्पादन र मूल्यांकनमा फेल भएका, निगमको व्यवस्थापनले निगमको नियमित सेवामा अवरोध ल्याउने, निगमलाई आर्थिक नोक्सानी पुर्याउने र निगमको ख्याती तथा साखःमा नकारात्मक असर पुर्याउने दुईजना एअरहोस्टेसमाथि कारबाही गर्न नसक्दा अहिले उनीहरुले छानी छानी इमान्दार कर्मचारीहरुमाथि कारबाही गराउन थालेका छन् ।

यसको पछिल्लो प्रकरण उजागर भएको छ हालै नागरिक उड्डयन प्राधिकरणले निगमका उडान कर्मचारीमाथि लगाएको प्रतिबन्ध । निगमको उच्च सूत्रले दिएको जानकारी अनुसार गत साउन महिनामा काठमाडौं,मलेशिया काठमाडौं उडानमा क्याबिनभित्र बस्न खोजेकी महर्जनलाई उडान कमाण्ड सम्हालेका अरबिन्द पहाडीले भित्र नबस्न अनुरोध गर्नुभएको थियो । उहाँले तपाई बस्दा मलाई डिस्टर्ब हुन्छ भन्नुभयो र त्यो उडानमा ककपिट एक्सेस आँचल  शाहीलाई दिइयो । शाहीले जहाजको अवतरण ककपिटबाट हेर्ने रहर गर्नुभएको थियो ।त्यतिबेला को पाइलट भावना गिरी पन्त रहनुभएको थियो ।

तर जहाज अवतरण भएपछि ककपिटबाट यात्रु कक्षमा निस्कनु भएका शाहीलाई महर्जनले तथानाम गालि गर्नुभयो । यो दुर्व्यबहारका विरुद्ध उहाँले अपरेशन विभागमा उजुरी गरी त्यसको छानविन पनि भएको थियो । निगम व्यवस्थापनले महर्जनलाई वरिष्ठ भएको देखाउदै कारबाही नगरेपछि शाहीले निगमको जागीर नै छोडिदिनुभयो ।

नागरिक उड्डयनमा उडानको जिम्मा पाइलटमा हुन्छ र पाइलटले भनेको उडानका क्रु मेम्बरहरुले मान्नु पर्दछ । कम्माण्डमा रहेका पाइलटले पाइलट र कोपाइलटलाई डिस्र्टब नगर्ने शर्तमा ककपिटमा क्याबिन क्रुहरुलाई पनि आउने जाने सुविधा दिन्छन् । यो सुविधाले ककपिटमा रहेका पाइलट कोपाइलटमा झगडा हुने लगायतका अन्य जोखिम कम हुन्छन् ।

गत साउन ११ गते क्वालालम्पुर–काठमाडौं उडानका क्रममा आफूलाई ककपिट एक्सेस नदिएर शाहीलाई दिएको कुराको प्रतिशोध शाहीले नागरिक उड्डयन प्राधिकरणमा उजुरी गरेर लिनुभयो । उहाँलाई ककपिट एक्सेस नदिएको विषयलाई उहाँले दुर्व्यहार गरेको भनेर प्राधिकरण जस्तो नियमन निकायलाई ढाँट्नुभयो ।

महर्जनको उजुरीलाई आधार बनाएर नागरिक उड्डयन प्राधिकरणले निगमसंग सामान्य जानकारी नमागीकन पाँच जना उडान सदस्यलाई उडान रोक्न लगाएर छानविनको दायरामा ल्याएको छ। आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि अत्यावश्यक सेवामा रहेको नागरिक उड्डयन सेवाका अधिकांश एअरहोस्टेसलाई हडतालमा उतार्ने, निगमलाई ३ करोड नोक्सानी पुर्याउने र निगमको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साखःमा आँच पुर्याउने व्यक्तिलाई संरक्षण गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान नियमलाई पालना गर्दै निगमको सेवालाई सुचारु राख्ने उडान कर्मचारीहरुलाई छानविनमा पारिएको यो घटनाल पाइलटलाई अनावश्यक टर्चर र तनाव थपिँने र हवाई सुरक्षामा गम्भीर प्रश्न उठन जाने जोखिम बढेको छ ।

लुक्ला उडानमा महर्जनको लापरबाही

महर्जनको लावरबाही कतिसम्म छ भन्ने थाहा पाउन १३ वर्ष अघिको एउटा उडानमा भएको घटनालाई फर्किएर हेर्दा प्रस्ट हुन्छ । त्यतिबेला नेपाल एयरलाइन्सको जहाज लुक्ला–काठमाडौं उडानमा थियो । जहाजका क्याप्टेन दिपेन्द्र प्रधान हुनुहुन्थ्यो । त्यतिबेला एयर होस्टेज महर्जन को पाइलटको सिटमा बसिदिनुभयो । तर कानुनतः त्यो सिटमा एयरहोस्टेज बस्नै पाइँदैन । हवाई सेफ्टीको हिसाबले यो ठूलो अपराध हो । उक्त घटनापछि महर्जनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ६ महिनासम्म निलम्बन गरेको थियो । तर त्यति गर्दागर्दै पनि उनले पहँुचका आधारमा पुनः करारमा जागिर खानुभयो ।

अर्की एअरहोस्टेश स्मिता गुभाजुुको विगत पनि त्यति राम्रो मानिदैन,निगममा । उहाँ मलेशियाको क्वालम्पुरको एक डिपार्टमेन्टल स्टोरमा सामान चोरीको परिबन्दमा पर्नुभएको थियो । निगमकै पाइलट क्याप्टेन ओमबीर गुरुड. र क्वाललम्पुरका ब्यापारी राजले १० हजार रिंगिट तिरेर उहाँलाई त्यो झन्झटबाट मुक्त पार्नुभएको थियो ।

कार्य सम्पादनमा अनुतिर्ण परिचारिका

गुभाजु र महर्जन दुवै निगमको कार्यसम्पादन र मूल्यांकनमा अनुतिर्ण भएपछि करार नवीकरणका लागि अयोग्य भएका थिए । निगमको सञ्चालक समितिले २०७७ भाद्र २९ गते पारित गरेको विमान परिचारक परिचालिकाको करार नवीकरणको लागि स्वीकृत गरेको मापदण्डमा उनीहरुले ७० प्रतिशत अंक ल्याउन पर्ने व्यवस्था गरिएको छ ।

Share Now

Leave a comment.