पञ्जाब(भारत), २५ चैत्र । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तरगत दोस्रो दिन सम्पन्न खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्ली डियरडेभिल्सलाई किङ्ग्स इलाभेन पञ्जाबले ६ विकेटले पराजित गरेको छ ।
आइतबार पञ्जाबमा भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानलेलाई भने समावेश गरिएको थिएन ।
टस जितेको पञ्जाबले फिल्डिड. रोजेपछि दिल्लीले दिएको १ सय ६७ रनको लक्ष्य पञ्जाबले ७ बल खेल्नु अघि ४ विकेट गुमाएर भेट्टाएको थियो ।
पञ्जाबलाई जिताउन आक्रामक ब्याटिङ गरेका केएल राहुलले १४ बलमा अर्धशतक बनाए । उनी ५१ रनमा आउट भए । पञ्जाबका करुण नायरले पनि अर्धशतक बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाएको थियो । उसका कप्तान गौतम गाम्भीरले ५५ रन बनाएका थिए ।
आईपीएलकै कान्छो क्रिकेटर मुजिब उर रहमान र मोहित शर्माले समान २(२ विकेट लिए ।




















