Prakash Adhikari May 14, 2023

मस्को(रुस),३१ वैशाख (रासस/एएफपी) । रूसले शनिबार आफ्नो सेनाले युक्रेनको पूर्वी शहर बाखमुतको एक क्षेत्रमा कब्जा जमाएको जनाएको छ ।

“डोनेट्स्कको दिशामा, आक्रमण टुकडीले आर्टेमोभ्स्क शहरको उत्तर–पश्चिमी भागको एक क्षेत्रलाई मुक्त गरेको छ,” रक्षा मन्त्रालयले बाखमुतलाई यसको रूसी नामले उद्धृत गर्दै भन्यो ।

बाखमुतमा आक्रमणको नेतृत्व गरिरहेको रूसको वाग्नर अर्धसैनिक समूहका प्रमुखले नियमित रूपमा रूसी सैनिकहरू शहरको छेउछाउबाट आक्रमणलाई तीव्र पार्दै यसको केन्द्रमा रहेका आफ्ना सेनाहरूको खोजी गरिरहेको दाबी गरेपछि यो घोषणा गरिएको हो ।

यसअघि रक्षा मन्त्रालयले बाखमुतको उत्तरमा सेना पुनः तैनाथ गरेको र मोर्चाबाट सेना फिर्ता हुन सक्ने सङ्केत गरेको थियो । मन्त्रालयले शनिबार सेनाले वाग्नर सेनालाई सहयोग गरिरहेको जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हवाई सेनाका एकाइले आक्रमणकारी टुकडीलाई सहयोग पु¥याएका छन् र शत्रुलाई शहरको किनारामा पु¥्याएका छन् ।”

डोनेट्स्कको पूर्वी क्षेत्रमा चासिभ यारलगायत थुप्रै बस्तीनजिक युक्रेनी सेनालाई लक्षित गरी हवाई र तोपले आक्रमण गरेको रूसी विज्ञप्तिमा उल्लेख छ ।

Share Now

Leave a comment.