काठमाडौं, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेपाल हज समितिका अध्यक्ष समशेर मिया पक्राउ पर्नुभएको छ ।
मियाँलाई प्रहरीले बिहीबार सिंहदरबारस्थित ऊर्जा मन्त्रालय परिसरबाट पक्राउ गरेको हो।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा पुगेको अवस्थामा मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उहाँलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ।
मियाँले उक्त प्रकरणमा बिचौलियाहरुका लागि हज समितिको सरकारी गाडी प्रयोग गर्न दिएको पाइएको थियो। सो गाडीमा सवार भएर विचौलियाहरुले ढुक्कसंग नक्कली शरणार्थी बनाउने कार्य गरेको खुलेको छ ।
मियाको पक्राउसँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १५ पुगेको छ। यसअघि कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले आत्मसमर्पण गरेपछि अहिले बयान लिइरहेको छ।
यो प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, नेपाल सरकारका सचिव पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी पक्राउ पर्नुभएको थियो।
त्यसैगरी नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पा, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप, रामशरण केसी, गोविन्द चौधरी, सागर राई, टंकबहादुर गुरुङ, केशव दुलाल र सानु भण्डारी पक्राउ परिसक्नुभएको। पक्राउ पुर्जी जारी गरिएकोमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा र उहाँ गृहमन्त्री रहदा उहाँका सल्लाहकार इन्द्रजित राईका छोरा फरार हुनुहुन्छ।


















