काठमाडौं, १८ जेठ । विश्व ओत दिवस (मे ३१ ) २०२३ को अवसरमा नेपालमा पनि ओत दिवस मनाइएको छ ।
नेपालमा ओतको अध्ययन,अनुसन्धान र संरक्षणमा सक्रिय सरोकारवाला संस्थाहरुको सहभागितामा आयोजित कार्यक्रममा नेपालमा ओतको उपस्थिति र संरक्षणका चुनौतीका बारेमा छलफल भएको थियो ।
ओत माछा खाने उभयचर स्तनधारी जीव हो यसको शरीर लाम्चो आकारको हुन्छ र भुवादार रौले ढाकिएको हुन्छ ।
वन्यजन्तु अध्ययन तथा शिक्षा सञ्जाल नामक गैह्र सरकारी संस्था र अमृत साइन्स क्याम्पसद्धारा संयुतm रुपमा आयोजित कार्यक्रममा ओत सम्बन्धी तीन वटा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए ।
स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरु माझ प्रस्तुत कार्यपत्रमा झण्डै तीन घण्टा छलफल भएको थियो ।
अमृत साइन्स क्याम्पसमा भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आयोजक संस्थाका प्रतिनिधि तथा ओत विशेषज्ञ समूहका सदस्य सुर्वणराज घिमिरेले ओत संरक्षणको आवश्यकताका बारेमा ब्याख्या गर्नुभएको थियो । उहाँले र ओतका विभिन्न प्रजातिहरुको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा ओत विशेषज्ञ समूहका अर्का सदस्य मोहनबिक्रम श्रेष्ठले नेपालमा कालो ओत (यूरेसियन अटर) सम्बन्धी भएका अध्ययन तथा अनुसन्धानको बारेमा जानकारी दिदैं यसका उपस्थितिका सम्भावित स्थानहरुको बारेमा प्रकाश पार्नुभयो ।
कार्यक्रममा आयोजक संस्थाका अर्का प्रतिनिधि तथा ओत विशेषज्ञ समूहका सदस्य पूर्णमान श्रेष्ठले नेपालमा ओत संरक्षणको विगत तथा वर्तमान अवस्थाको बारेमा आफ्नो प्रस्तुति दिनुभएको थियो ।
वन्यजन्तु अध्ययन तथा शिक्षा सञ्ंजालकी उपाध्यक्ष रोशिला कोजुको सभापतित्वमा आयोजीतकार्यक्रममा आइ.यू.सी.एन. नेपालका निमित्त कार्यवाहक कन्ट्रि रेप्रिजेन्टेटिभ नरेन्द्र मानबावु प्रधान, डब्लु.डब्लु.एफ.का जलीय जैविक विविधता कार्यक्रम प्रमुख राजेश सादा, अमृत क्याम्पसका सहायक क्याम्पस प्रमुख दिपक गुप्ता तथा साना स्तनधारी वन्यजन्तु संरक्षण तथा अध्ययन फाउण्डेशनका प्रतिनिधि सञ्जन थापाको उपस्थिति रहेको थियो ।
उतm कार्यक्रममा आफ्नो भनाइ राख्दै आइ.यू.सी.एन. नेपालका निमित्त कार्यवाहक कन्ट्रि रेप्रिजेन्टेटीभ नरेन्द्र मानबावु प्रधानले अब नेपालमा ओतको उपस्थिति सम्बन्धी अध्ययन मात्र नभइ विभिन्न प्रजातिका ओतहरुको बानी व्यावहार तथा उनीहरुका मुख्य खतरा तथा चुनौती पहिल्याई ओत संरक्षणमा आगाडि बढ्नको लागि सुझाब दिनुभएको थियो ।
यसैगरी डब्लु.डब्लु.एफ. का जलीय जैविक विविधता कार्यक्रम प्रमुख राजेश सादाले नेपालमा खैरो ओतको वर्तमान अवस्था तथा आगामी कार्यक्रमहरुको बारेमा जानकारी दिनुभयो ।
त्यस्तै साना स्तनधारी वन्यजन्तु संरक्षण तथा अध्ययन फाउण्डेशनका प्रतिनिधि सञ्जन थापाले नेपालमा ओत अध्ययन तथा अनुसन्धानको विगत र वर्तमान अवस्था र आगामी दिनमा चाल्नु पर्ने कदमबारे उल्लेख गर्नुभयो ।
कार्यक्रममा अमृत क्याम्पसका सहायक क्याम्पस प्रमुख दिपक गुप्ताले आयोजकलाई संस्थालाई धन्यवाद दिदै यस्ता कार्यक्रमले विद्यार्थीहरुमा जैविक विविधतासम्बन्धी चेतना अभिवृदि भई जैविक विविधता संरक्षणमा ठूलो योगदान विश्वास व्यक्त गर्नुभएको थियोे ।


















