Prakash Adhikari June 1, 2023

नयाँदिल्ली(भारत), १८ जेठ। भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय प्रधानमन्त्रीे मोदी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएको छ।

भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले नयाँदिल्लीस्थित हैदारावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग सो भेटवार्ता गर्न लाग्नुभएको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड बिहीवार बिहान साढे दश बजे शान्तिको दूत महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अपर्ण गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री दाहालले राजघाट पुगेर माहात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्नुहुने छ।

राजघाटवाट फर्केर प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। सो भेटघाटमा दुई देशबीचको आपसी सबन्धका बारेमा छलफल हुनेछ।

सो भेटलगत्तै प्रधानमन्त्रीले प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ। सो भेटवार्ता र छलफलपछि दुई देशका बीचमा सम्झौतापत्रमा हस्ताक्षर तथा केही संयुक्त परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुनेछ। सो पत्रकार सम्मेलनमा दुवै देशका प्रधानन्त्रीले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यसूची तय भएको छ।

यसैगरी, प्रधानमन्त्री दाहालले बिहीबार भारतका भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलगायतसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। साथै, प्रधानमन्त्री प्रचण्डले साँझ होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई बिशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 

Share Now

Leave a comment.