Prakash Adhikari June 6, 2023

खुमलटार(ललितपुर), २३ जेठ । पहिलो चरणमा सात ब्रोकर कम्पनीलाई नयाँ लाइसेन्स दिएको धितोपत्र बोर्डले दोस्रो चरणमा थप ११ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ। बोर्डले मापदण्ड पुगेका र पूर्वाधार तयार गरेका ११ कम्पनीलाई लाइसेन्स दिएको हो।

नयाँ लाइसेन्स पाउनेमा, एलिट स्टक हाउस लि।, इन्फिनिटी सेक्युरिटिज लि।,इन्डेक्स सेक्यूरिटिज लि।,शुभकामना सेक्यूरिटिज प्रा।लि।,मेघा स्टक मार्केट्स लि।,हातेमालो फाइनान्सियल सर्भिसेस प्रा।लि।,मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा। लि।,माछापुच्छ्रे, सेक्युरिटिज लि।,के ।वि। एल। सेक्यूरिटिज लि।,कलश स्टक मार्केट प्रा।लि। र नबिल सेक्युरिटिज लि। छन् ।

यसअघि धितोपत्र बोर्डले आशय पत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेका सातवटालाई ब्रोकर कारोबार सञ्चालन अनुमति प्रदान गरेको थियो। लाइसेन्स पाएकाहरूले सदस्यताको लागि नेप्सेमा निवेदन समेत दिइसकेका छन्।  निवेदन दिनेहरूमा भोले गणेश सेक्युरिटी, क्यापिटल म्याक्स सेक्युरिटी, हिमालयन ब्रोकरेज, सन सेक्युरिटी, मियो सेक्युरिटी, शेयरप्रो सेक्युरिटी र प्रोपर्टि विजार्ड छन्।

बोर्डले नयाँ लाइसेन्सका लागि आह्वान गरेको सूचनामा ४५ वटा आवेदन परेका थिए। ती मध्ये तीन कम्पनी भने ब्रोकर लाइसेन्सको रेसबाटै आउट भएका थिए। आउट भएका मध्ये एउटा आवेदककर्ता आफैँले आवेदन फिर्ता लिएको र बाँकी दुई वटाको कागजात नपुगेको बोर्डले जनाएको थियो। बाँकी रहेका ४२ वटा ब्रोकर आवेदनलाई बोर्डले आशय पत्र दिएको थियो ।

अहिले अनुमति पाएक थप ११ ब्रोकर र पहिले पाएका ७ ब्रोकर सञ्चालनमा आइसकेपछि नेपालमा ब्रोकर सङ्ख्या ६८ पुग्नेछ।

हाल नेपालमा ५० शेयर ब्रोकर कार्यरत छन् ।

Share Now

Leave a comment.