Prakash Adhikari June 7, 2023

काठमाडौं, २४ जेठ ।  नेपालको शेयर बजार बुधबार झिनो अंकले बढेको छ । यस दिन धितोपत्र बजार परिसूचक ४.६८ अङ्कले बढेर १९३२.३३  विन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०. ३८ अङ्कले बढेर ३६५.४७ मा पुगेको छ ।

आज कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

विभिन्न कम्पनीका ६५ लाख ४१ हजार ३ सय ८८ कित्ता शेयर रु २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६ सय ३५ मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सोल्टी होटलको रु १० करोड १३ लाख १० हजार ७ सय ३४ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु ८ करोड ९७ लाख २१ हजार ४ सय ९१, नागरिक लगानी कोष रु ६ करोड ९० लाख ३८ हजार, नेपाल दूरसञ्चार कम्पनी रु ६ करोड ५२ लाख ९० हजार २ सय ६३ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको रु ५ करोड ६७ लाख ७१ हजार १ सय ५५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनसार, युनिक नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त ८.०२, स्वाभिमान लघुवित्त ५.९५, साल्ट टे«डिङ कर्पोरेशनको ५.४२ र सगरमाथा जलविद्युत् कम्पनीको शेयर मूल्य  ५.१५ प्रतिशतले घटेको छ ।

यस्तै, सिद्धार्थ इक्विटी फण्ड ४.३५, सनराइज फोकस्ड इक्विटी फण्ड ३.८२, मनकामना स्मार्ट लघुवित्त ३.६५, एनआइबीएल ग्रोथ फण्ड ३.५३ र आरबीबी म्युचुअल फण्ड पहिलोको शेयर मूल्य ३.२५ प्रतिशतले घटेको छ ।

आजको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब २० अर्ब ९९ करोड पुगेको छ ।

Share Now

Leave a comment.