Prakash Adhikari July 18, 2023

काठमाडौं , श्रावण । नेपाल साल्ट ट्रेडिड. कर्पोरेशनद्धारा स्थापित हेमबहादुर मल्ल पुरस्कार पूर्वप्रशासकद्धय गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिने भएको छ ।

मंगलवार काठमाडौंमा नेपाल जन–प्रशासन संघ र साल्ट टेनिङ कर्पोरेशनले संयुक्त रुपमा पत्रकार सम्मेलन आयोजना गरी यसको घोषणा गरेका हुन् ।

साल्ट ट्रेडिड. कर्पोरेशन लिमिटेडले आफ्ना संस्थापक स्व.हेमबहादुर मल्लको योगदानको कदर गर्दै उहाँको स्मृतिमा वि.स..२०६०मा हेमबहादुर मल्ल स्मृति पुरस्कारको स्थापना गरेको थियो । राष्ट्रिय स्तरको यो पुरस्कारको लागि योग्य पात्रको चयनको काम भने पुरस्कारको स्थापनाकालदेखि साल्ट ट्रेडिड.संगको समन्वयमा नेपाल जनप्रशासन संघले गर्दै आएको छ ।

देशको औद्योगिक, वित्तीय, प्रशासनिक, व्यवस्थापकीय,सामाजिक सेवा, सार्वजनिक सेवा, जनस्वास्थ्य, सार्वजनिक वितरण प्रणाली, सामान्य उपभोक्ताको हित र नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने सेवासंग सम्बन्धी  अन्य  क्षेत्रमा समेत उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई यो पुरस्कार प्रदान गरिन्छ ।

पत्रकार सम्मेलनमा नेपाल जनप्रशासन संघका अध्यक्ष पूर्वसचिव कृष्णहरि बास्कोटाले हरेक बर्ष सार्वजनिक प्रशासन तथा व्यवस्थापन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मानपत्रसहित २ लाख नगद पुरस्कार रहेको हेमबहादुर मल्ल सम्मानबाट विभूषित गरिने बताउनुभयो ।

नेपाल जनप्रशासन संघले हेमबहादुर मल्ल सम्मान २०७७ बाट गोरक्षबहादुर न्हुच्छे प्रधानलाई प्रदान गरिने र हेमबहादुर मल्ल सम्मान २०७८ बाट भानुप्रसाद आचार्यलाई प्रदान गर्ने निर्णय गरेको हो  ।

यस पटक सम्मानित व्यक्तित्वको छनोटका लागि पूर्वसचिव दीपेन्द्र पुरुष ढकालको संयोजकत्वमा नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटा,साल्ट ट्रेडिड. कर्पोरेशनका तात्कालीन अध्यक्ष कल्याणगोविन्द श्रेष्ठ, र पूर्वसचिव द्धय पूर्णचन्द्र भट्टराई र यामकुमारी खतिवडा रहेको समिति बनाइएको थियो .

झण्डै ४ दशक सरकारी सेवाम बिताउनुभएका प्रधानले प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय,पर्यटन मन्त्रालय, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र उच्चस्तरीय प्रशासन सुधार अनुगमन समितिको प्रमुख रहेर काम गर्नुभएको थियो ।

हेमबहादुर मल्ल पुरस्कार २०७८ बाट पुरस्कृत हुनुभएका आचार्यले महालेखा नियन्त्रक, अर्थ सचिव,उद्योग वाणिज्य तथा आपूर्ति सचिव र महालेखा परीक्षक जस्तो संवैधानिक अंग प्रमुखको जिम्मेवारी पूरा गरिसक्नुभएको छ ।

हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा.भगवान कोईराला, डा।विल कोईराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गना, डा।सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा.देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा.गौरीशंकरलाल दास र सूर्यनाथ उपाध्याय यसअघि नै सम्मानित भइसक्नुभएको छ । प्रधान यो सम्मान प्राप्त गर्नुहुने १८ औं र आचार्य १९ औं व्यक्ति हुनुहुन्छ ।

१९९५ सालमा निसिभुजी बाग्लुड.मा जन्मनुभएका हेमबहादुर मल्ल साल्ट ट्रेडिड. कर्पोरेशनमा संस्थापक प्रमुख, कार्यकारी प्रमुख,डाइरेक्टर इन्चार्ज,प्रमुख सल्लाहकार र प्रेसिडेन्ट जस्ता पदमा रहेर काम गर्नुभएको थियो । उहाँ नेशनल फाइनान्स कम्पनी,सगरमाथा इन्स्योरेन्स कम्पनी,र सुवर्ण फर्मास्युटिकल्सको अध्यक्ष हुनुहुन्थ्यो ।

उहाँले गोरखकाली रबर उद्योग, बुटबल धागो कारखाना, मोरड. सुगर मिल, नेपाल बनस्पति घ्यू , नेपाल खाद्य उद्योग र हितकारी गुठीको सञ्चालक भएर पनि ती संख्याहरुको विकासमा महत्वपूर्ण योगदान दिनुभएको थियो । नेपाल चेम्बर अफ कमर्श र नेपाल व्यवस्थापन संघको कार्यकारी सदस्य रहनुभएका मल्ल गोरखा दक्षिणबाहु चौथो र शुभराज्यभिषेक पदकबाट विभूषित हुनुहुन्थ्यो । उहाँको निधन २०५७ सालमा भएको थियो ।

 

Share Now

Leave a comment.