शिओना म्याकलम,प्रविधि संवाददाता
सान फ्रान्सिस्को(संयुक्त राज्य अमेरिका), ९ श्रावण (बीबीसी) । सामाजिक सञ्जालमा सबैभन्दा बढी प्रभावकारी र चर्चित मानिएको ट्विटरले आफ्नो ब्रान्ड र लोगो परिवर्तन गर्ने क्रममा निलो चरो हटाएर एक्स बनाएको छ।
कालो पृष्ठभूमिमा रहेको नयाँ सेतो एक्स उक्त सामाजिक सञ्जालको डेस्कटप संस्करणमा देखिन थालिसकेको छ भने मोबाइलमा भने अझै त्यो देखा परिसकेको छैन।
ट्विटरका मालिक इलोन मस्कका अनुसार अब पोस्टहरूलाई समेत ट्विटहरू को साटो एकस्ज Xsभनिनेछ।
यी अर्ब पतिले आफ्नो प्रोफाइल तस्बिर परिवर्तन गरेका छन् र आफ्नो बायोमा एक्सडटकम लेखेका छन्।
मस्क एक्स भनिने एउटा सुपर एप बनाउन चाहन्छन्। आफ्नो दृष्टिकोणसहितको त्यस्तो नयाँ प्रकारको सामाजिक सञ्जाल मञ्च जुन निर्माणका लागि आफूले महिनौँदेखि काम गरिरहेको उनले बताउँदै आएका थिए।
आइतवार यी अर्ब पतिले ट्विटरको लोगो परिवर्तन गर्ने सोचिरहेको बताएका थिए। जस क्रममा उनले ट्विट गर्दै लेखेका थिए, “र छिट्टै हामीले ट्विटर ब्रान्डलाई र क्रमैसँग सबै चराहरूलाई बिदा हुन भन्नेछौँ।”
उनले त्यसपछि नयाँ एक्स ब्रान्डलाई सान फ्रान्सिस्कोस्थित ट्विटर मुख्यालयको एकातर्फको भित्तोमा ठूलो देखिने गरी झल्काए।
मस्कले आफ्नो व्यवसायको नामलाई परिवर्तन गरेर एक्स कोर बनाएका छन्। जुन परिवर्तनलाई उनले लामो समय अगाडि हुनुपर्ने बताएका छन्।
उनले ढल्किएको एक्स को एक तस्बिर ट्विटरमा राखे र पछि ट्विटर स्पेसको अडियो च्याटमा के ट्विटरको लोगो परिवर्तन हुनेछ भन्ने जिज्ञासामा ‘हो’ भने।
ट्विटरकी नयाँ प्रमुख कार्यकारी लिन्डा याकारिनोले आफ्नो सामाजिक सञ्जालमा लेख्दै ब्रान्डलाई पुनःसंरचना गर्नु एउटा रोचक नयाँ अवसर भएको बताइन्।
“ट्विटरले एउटा विशाल छाप पारेको छ र हाम्रो संवाद गर्ने तरिकालाई त्यसले परिवर्तन गरेको छ”, उनले भनिन्, “अब एक्स थप अगाडि जाने क्रममा ग्लोबल टाउन स्क्वायरलाई परिवर्तन गर्नेछ।”
सन् २०११ मा ट्विटरका सह संस्थापक बिज स्टोनले त्यस चरालाई ल्यारी भनिने बताएका थिए। जुन चर्चित बास्केटबल खेलाडी र बोस्टन सेल्टिक टिमका प्रभावशाली अनुहार ल्यारी बर्डप्रतिको सम्मानमा राखिएको थियो।
उक्त लोगो हटेको विषयलाई लिएर मानिसहरूले ट्विटरमा दुःख पोखिरहेका छन्। त्यसो गर्नेमा सन् २०१२ मा त्यसलाई डिजाइन गर्ने मार्टिन ग्रासर समेत छन्।
उनले भने, “आज हामीले यो महान् निलो चरोलाई बिदाइ भन्यौँ।”
पछि उक्त ट्विटलाई ट्विटरका सबैभन्दा चर्चित सह संस्थापक ज्याक डोर्सीले बाख्राको इमोजिसाथ सेअर गरे जसको अर्थ ‘ग्रेटेस्ट अफ अल टाइम’ हुन्छ।
द एभ्रिथिङ एप
एसियाका केही मानिसहरूका लागि पछिल्ला केही वर्षमा भारतको पेटिएम र इन्डोनेसियाको गोजेक दैनिक जीवनको महत्त्वपूर्ण पाटोको रूपमा छ।
ती एपले प्रयोगकर्ताहरूलाई आफ्नो आर्थिक प्रणालीमार्फत् प्राप्त सेवाको भुक्तान गर्न दिन्छन्।
प्रयोगकर्ताको सङ्ख्या र व्यापक सेवाहरूका आधारमा वीच्याट एसियाकै सबैभन्दा ठूलो सन्देश पठाउने सेवा र सामाजिक सञ्जाल हो।
गत वर्ष चीनमा मात्र उक्त एपका १.२९ अर्ब प्रयोगकर्ता रहेको अनुमान गरिएको थियो।
सामाजिक सञ्जालका टिप्पणीकार ड्रिउ बेनभी भन्छन्, “एप जगत्का लागि मस्कले पूरा बल लगाएर काम गर्नेछन्, जसको सुरुवाती क्रममा पुरानो ट्विटरलाई छाडेर एसियाका वीच्याट र मोजजस्ताका सफलतामा आँखा लगाउने छन्।”
“किनमेल वा भुक्तानीजस्ता मात्र केही थप सेवाहरूमा सफल हुनु नै ट्विटरभन्दा एक्स राम्रो हुनका लागि पर्याप्त छन्। तर त्यहाँ पहिले नै त्यसका कैयौँ विकल्पहरू भएकाले मस्क र उनको कम्पनीले त्यस दौडमा सामेल हुन धेरै काम गरिरहेका छन्”, डिजिटल एजेन्सी बाटेनहलका संस्थापक समेत रहेका बेनभीको भनाइ छ।
“ट्विटरकै वेबसाइटले उसको निलो चरोको उसको लोगो ूहाम्रो सबैभन्दा परिचित तागतू रहेको लेखेको छ। त्यसैले हामी त्यसको प्रतिरक्षामा निकै उत्रियौँ।”
उक्त कम्पनीले अस्थायी रूपमा एप्रिलमा उक्त लोगो विस्थापन गर्दै डोजक्वाइनको सिबा इनु डग (कुकुर) राखेको थियो। मेम क्वाइनको बजार मूल्य बढाउन सघाउने गरी त्यसो गरिएको थियो।
डोजक्वाइन लगानीकर्ताहरूले पछि मस्कलाई आन्तरिक व्यापारको आरोप लगाउँदै डोजक्वाइको मूल्य बढाएर उनले मुनाफा कमाएको दाबी गरेका थिए।
तीव्र गतिमा ‘रिब्रान्ड’
व्यापार टिप्पणीकार जस्टिन उर्कट स्टेवार्टले ट्विटरका ूप्रतिवद्ध तर पुरानो प्रयोगकर्ताूले परिवर्तनहरू मन नपराउने बताएका थिए।
“युवा पुस्ता अन्य एपतर्फ सरेका छन् र ट्विटर पुरानो शैलीको झैँ देखिन्छ”, उनी भन्छन्।
“इलोन मस्क सचेत हुन आवश्यक छ किनभने उनले मौलिक ब्रान्डलाई नष्ट गरेर पुराना प्रयोगकर्ताहरूसहित नयाँ शिराबाट सुरु गर्नुपर्नेछ।”
तीव्र गतिमा ट्विटरको पुनर्ब्रान्ड गर्ने कुराले सुरक्षा चासो समेत उत्पन्न गराएको छ।
एक सुरक्षा कम्पनी इएसइटीका ग्लोबल साइबर सल्लाहकार जेक मोरले एउटा कम्पनीबाट अर्कोमा हुने सङ्क्रमणले अनलाइनमा झुक्क्याएर छली अर्थात् फिसिङलाई बढवा दिने र त्यस क्रममा आपराधिक मानसिकता भएका मानिस वा संस्थाहरूले प्रयोगकर्ताका विवरण चोर्ने बताउँछन्।
“रिब्रान्ड फिसिङ इमेल पठाउँदै प्रयोगकर्ताहरूलाई त्यहाँ रहेको नयाँ वेबसाइटको लिङ्कमा साइन इन हुन भन्ने गजबको अवसर हो – र स्वाभाविक रूपमा त्यो आधिकारिक नहुँदा त्यहाँ मानिसहरू झुक्किन सक्छन् र सहज नहुँदा आफ्ना सही ट्विटरका विवरण बुझाउन सक्छन्”, उनले बीबीसीसँग भने।
“त्यस नयाँ वेबसाइटको लिङ्क खोज्नेलाई साइबर अपराधीहरूले सहजै पीडित बनाउन सक्छन्।”
एक्स प्रतिको मोह
सङ्गीतकर्मी ग्राइम्ससँगको उनको पहिलो सन्तानको नाम X Æ A-12 मस्क राखिएको छ।
सङ्गीतकर्मी ग्राइम्ससँगको उनको पहिलो सन्तानको नाम ह् ” ब्(ज्ञद्द मस्क राखिएको छ
लामो समयदेखि नै मस्कको अङ्ग्रेजी अक्षर एक्सप्रति विशेष मोह छ। तर त्यो किन भन्ने कसैलाई थाहा छैन।
सन् १९९९ को उनको सुरुवातीमध्येको एक व्यावसायिक कामको नाम एक्सडटकम थियो। त्यो एक अनलाइन ब्याङ्किङ मञ्च थियो।
त्यसको तीन वर्षपछि मस्कले त्यसलाई पेपलसँग गाभ्दा १६.५ करोड अमेरिकी डलर कमाएका थिए जसलाई पछि इबेले किन्यो।
उनीसँग एक्सडटकम डोमेनको स्वामित्व समेत छ जसमा क्लिक गर्दा अब त्यो ट्विटरमा पुग्छ।
मस्क स्पेसएक्सका प्रमुख कार्यकारी समेत हुन्। उक्त व्यापारिक अमेरिकी एरोस्पेस कम्पनी सन् २००२ मा स्थापना भएको थियो।
सङ्गीतकर्मी ग्राइम्ससँगको उनको पहिलो सन्तानको नाम ह् ” ब्(ज्ञद्द मस्क राखिएको छ।
मस्कले हालै उनको बहु प्रतीक्षित आर्टिफिशल इन्टेलिजन्श स्टार्ट अफ – एक्सएआई – सुरुवात गर्दै त्यसलाई च्याटजीपिटीको विकल्प बनाउने सोचेका छन्।
प्रारम्भिक रिपोर्टिङ टम स्पिनर र नूर नान्जी