Prakash Adhikari July 25, 2023

बेइजिड.(चीन), ९ श्रावण । चीन सरकारले विदेशमन्त्री छिन काङलाई बर्खास्त गरेको छ।

एक महिनायता सार्वजनिक स्थानमा नदेखिनुभएका कानलाई पदबाट बर्खास्त गरिएको जानकारी चीन सरकार नियन्त्रित सीसीटीभीले मंगलबार पुष्टि गरेको छ।

गत डिसेम्बर अन्तिममा पद सम्हालेका चिनियाँ विदेशमन्त्री छिन काङ तीन सातायता सार्वजनिक रुपमा देखिनुभएको थिएन।

पछिल्लो पटक उहाँ जुन २५ मा सार्वजनिक रुपमा देखिनुभएको थियो ।त्यसदिन उहाँले श्रीलंका र रुसका विदेशमन्त्रीहरुलाई भेट्नुभएको थियो।

विदेश मन्त्रीको एक महिना लामो सार्वजनिक अनुपस्थिति घरेलु राजनीतिमा चर्चाको शिखरमा थियो। राष्ट्रपति सी चिनफिङकोतेस्रो कार्यकालमा छिन काङ प्रकरणलाई पनि ठूलो संकटका रुपमा लिइएको छ।

सीसीटीभी दिइएको संक्षिप्त विवरणअनुसार अब छिन काङको स्थानमा वाङ्ग यीले नै विदेश मन्त्रीको जिम्मेवारी लिनुहुने छ । उहाँ चीनको विदेश नीति चलाउनृ राष्ट्रपति सीका एकजना विश्वासपात्रसमेत हुनुहुन्छ ।

छिन काङलाई पदबाट हटाउने निर्णय नेशनल पिपुल्स कांग्रेसको स्थायी कमिटीको एक सत्रका क्रममा गरिएको हो। जुन शीर्ष निर्णय लिने पोलिटब्युरोको सोमबार बोलाइएको एक दिनपछि बसेको थियो।

विदेशमन्त्रीबाट छिन काङलाई हटाउने निर्णय नेशनल पिपुल्स कांग्रेसको कानुन अनुसार भएको हो। जुन गत २०२१ मार्चमा लागु भएको थियो।

यो नियमले राष्ट्रिय कंग्रेसको साटो स्थायी समितिलाई राज्य परिषद्का‍ केही सदस्य नियुक्त गर्ने र पदबाट हटाउने अधिकार दिएको छ।

छिन काङ गायब भएपछि चीनका पूर्वविदेशमन्त्री वाङ यीले चीनबाट अन्तर्राष्ट्रिय बैठकहरुमा सहभागिता जनाइरहनुभएको थियो।

पछिल्लो पटक भएको आसियानको बैठकमा पनि वाङ यी देखिनुभयो। उहाँले सो बैठकमा विश्वजगतका नेताहरुसँग चीनको तर्फबाट भेट्दै संवाद गर्नुभएको थियो.।

के थियो विवाद ?

एकजना महिला पत्रकारसँगका तस्बिरहरु सार्वजनिक भएसँगै विदेशमन्त्री छिन काङमाथि चिनियाँ सरकारले निगरानी बढाएर नियन्त्रणमा लिएको समाचार सार्वजनिक भएको थियो।

एकजना ४० वर्षीया विश्वचर्चित टेलिभिजन महिला पत्रकार फू जियोतियानसँग पटक पटक सार्वजनिक स्थानमा देखिएसँगै छिनमाथि सरकारले कारबाही अघि बढाएको दाबी समाचारमा गरिएको थियो।

ती महिला पत्रकारसँग सार्वजनिक स्थानमा देखिएका तस्बिर चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएसँगै सरकारले विदेश मन्त्री छिन्लाई कारबाही अघि बढाएको थियो।

चिनियाँ सरकारले उनीहरु दुवैलाई नियन्त्रणमा लिएर राखेको दाबी सञ्चारमाध्यमले गरेका थिए।

४० वर्षीया फू जियोतियान एक प्रतिष्ठित पत्रकार हुनुहुन्छ। बेलायतस्थित क्याम्ब्रिज युनिभर्सिटीले सम्मानमा भन्दै एउटा पार्कको नाम नै उहाँको नाममा राखिदिएको छ।

उता इटालीले पनि महिला पत्रकार फूलाई ुअर्डर अफ द स्टार इटालीुबाट सम्मान पनि गरेको थियो।

अहिले गायब भएकी फूले चीनको पश्चिमा देशसँगको सम्बन्धलाई उचाइमा लैजान गरेको योगदानलाई लिएर प्रशंसा पनि पाएकी थिइन्।

ब्रिटिश पत्रिका द टाइम्सका अनुसार टीभी प्रस्तोता फू जियोतियान विश्वचर्चित नेताहरुसँगको संवादका कारण चर्चित हुनुहुन्छ। उहाँले अमेरिकी, रसियन, भारतीयदेखि म्यानमारको सैनिक नेतृत्वसँग पनि सम्वाद गर्नुभएको थियो।

सन् १९८३ मा जन्मिनुभएकी फू जियान पनि चिनियाँ विदेशमन्त्री गायब भएयता सार्वजनिक मञ्चहरुमा देखिनुभएको छैन्। उहाँको अवस्था के छ भन्ने अझै खुलिसकेको छैन।

६ महिनाअघि फूले तिनै चिनियाँ विदेशमन्त्री छिन काङको अन्तर्वार्ता पनि लिनुभएको थियो। यही अन्तर्वार्ताबाट उनीहरु दुवैजना सार्वजनिक मञ्चमा देखिँदै निकट भएका चर्चा चीनमा पनि चलेको थियो।

त्यही अन्तरवार्तापछि यी दुईजनाबीचको सम्बन्ध चर्चामा थियो। विदेशमन्त्री छिन एक पत्रकारसँग फ्लर्ट गरिरहेको सार्वजनिक भएसँगै चिनियाँ सरकारले कारबाही गरेको चर्चा विश्वभर चलेको थियो।

यी चिनियाँ पत्रकारले ुटक विद वर्ल्ड लिडरु कार्यक्रम चलाउनुहुन्थ्यो। उहाँको यो कार्यक्रम चीन र बाहिर पनि चर्चित छ। विदेशमन्त्री छिन गायब भएयता पत्रकार फूू पनि टेलिभिजन कार्यक्रममा देखिनुभएको छैन।

सरकारी च्यानल फिनिक्समा कार्यरत फूूले अप्रिल १२ मा एउटा जहाजसहित ट्विटरमा केही तस्बिर हाल्नुभएको थियो ।
त्यस कोलाजमा सानो बच्चासहितको र विदेशमन्त्री छिनको तस्बिर पनि राखिएको थियो । त्यो तस्बिरलाई लिएर उनीहरु निकट र पारिवारिक सम्बन्धमा रहेको चर्चा थियो।ं

त्यसपछि पत्रकार फू पनि चिनियाँ सरकारको जाँचको घेरमा पर्नुभयो। उहाँलाई दिएको सम्मानलाई लिएर चीन सरकारले इटाली र बेलायत दुवैसँग आपत्तिसमेत प्रकट गरेको थियो।

इटाली र बेलायतले अन्तर्राष्ट्रियस्तरको सम्मान पाएकी उनी र विदेशमन्त्री छिनको अवस्थाबारे चिनियाँ अधिकारीहरुले पछिल्लो समय जवाफ दिन पनि मानिरहेका थिएनन्। तर मंगलबार छिन काङ कारबाहीमा परेसँगै यस घटनाको पटाक्षेप भएको छ।

Share Now

Leave a comment.