Prakash Adhikari April 18, 2018

 

काठमाडौं, ४ बैशाख । नेपाल क्रिकेट संघको साधारण सभा यही बैशाख ६ र ७ गते हुने भएको छ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचित कमिटिले क्यानको निलम्बन फुकुवा गर्न हालको बिधान लचकता अपाउने बताएको छ।

क्यानका महासचिव अशोकनाथ प्याकुरेलले साधारण सभाले क्यान विवाद समाधान गर्ने बताएका छन्।

गत भदौमा क्यानले साधारणसभाबाट पारित गरेको बिधानलाई आईसीसीले नमानेपछि पुनः साधारणसभा हुन लागेको हो।

आईसीसीले बताए अनुरुपनै बिधानको मस्यौदा तयार गरेकोले अब क्यानको प्रतिबन्ध फुकुवा हुनेमा एशोसिएसनका पदाधिकारीह्रु ढुक्क छन् ।

Share Now

Leave a comment.