नयाँ दिल्ली(भारत), ५ बैशाख ।इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली डेयर डेभिल्सले अपेक्षित प्रदर्शन गर्न सकेको छैन् । हालसम्म ४ वटा खेल खेल्दा उसले एउटा मात्र खेल जित्न सकेको छ , आठ टीम सहभागी आईपीएलमा दिल्ली आठौं स्थानमा रहेको छ।
गौतम गम्भीर कप्तानीको टिमले पहिलो खेलमा किंग्स ११ पन्जाबसंग ६ विकेटको, दोश्रो खेलमा राजस्थान रोयल्ससंग १० रनको हार बेहोरेको थियो भने तेश्रो खेलमा मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको थियो। चौथो खेलमा कोलकातासंग ७१ रनको ठुलो अन्तरले हार बेहोरेपछि दिल्ली टिम आलोचित बन्न पुगेको छ ।
चौथो खेलमा कोलकातासंगको हारपछि दिल्ली डियर डेभिल्सको अधिकारिक वेबसाइटले हारको ५ वटा कारण बिश्लेषण गरेको छ जसको पाँचौ नम्बरमा सन्दिप लामिछानेलाई इंगित गर्दै आगामी खेलमा नेपाली शेन वार्नले मौका पाउन सक्ने लेखेको छ।
एक तरफ जहां दिल्ली के गेंदबाज़ों ने जमकर रन लुटाए तो वहीं दूसरी ओर केकेआर के तीन स्पिनर्स ने 7.2 ओवर में 66 रन देकर 7 बल्लेबाज़ों को पैवेलियन भेज दिया। दोनों टीमों की गेंदबाज़ी में इतना बड़ा अंतर दिल्ली को हराने के लिए काफ़ी था। इस सीज़न में हर टीम के पास अच्छे स्पिनर्स मौजूद हैं और इसका फ़ायदा मैदान पर दिख रहा है। उम्मीद है कि आने वाले मैचों में दिल्ली भी अपने अनुभवी स्पिनर अमित मिश्रा के साथ साथ नेपाल के शेन वॉर्न से मशहूर संदीप लामिछाने को मौक़ा दे सकती है।
दिल्लीले यसरी आफ्नो वेबसाइटमै सन्दिपले मौका पाउने लेखेकोले आगामी खेलमा अन्तिम ११ मै सन्दिप पर्नसक्ने अनुमान गरिएको छ ।
अस्ट्रेलियन पुर्व कप्तान रिकी पोंटिंगको प्रशिक्षणमा रहेको दिल्ली टिममा सन्दिप लामिछाने सहित अमित मिश्रा र राहुल तेवतिया गरि ३ जना लेग स्पिनर रहेका छन् जसमध्ये सन्दिप लामिछानेले हालसम्म अन्तिम ११ मा मौका पाएका छैनन् भने अमित मिश्राले ४ मध्ये १ खेलमा (पन्जाबसंग) मात्रै मौका पाएका छन्। मिश्रा पन्जाबसंगको पहिलो खेलमा महँगो साबित हुने क्रममा ४ ओभरमा ४६ रन खर्चेका थिए भने त्यसपछि टिममा स्थान पाएका छैनन्।
अर्का लेग स्पिनर राहुल तेवतियाले भने ४ वटै खेलमा मौका पाएका छन् जुन क्रममा राम्रो बलिंग समेत गरेका छन्। पन्जाबसंग १/२४ , राजस्थानसंग ०/२९ , मुम्बईसंग २/३६ तथा कोलकातासंग ३/१८ को बलिंग स्पेल गरेका राहुलले आफ्नो राम्रो बलिंगलाई निरन्तरता दिएका छन्।
आईपीएल सुरु भएर १३ वटा खेल सकिंदा धेरै विकेट लिने खेलाडीहरुको सुचीमा मुम्बईका युवा लेग स्पिनर मायाँक मारकंडे ४ खेलमा ७ विकेट सहित सुनिल नारिन, उमेश यादब र क्रिस वोक्ससंगै शिर्ष स्थानमा रहेका छन्। दिल्लीका लेग स्पिनर राहुल तेवतिया ६ विकेट सहित पाँचौ स्थानमा रहंदा कोलकाताका लेग स्पिनर कुलदिप यादब ४ खेलमा ५ विकेट लिंदै धेरै विकेट लिने रेसमा अघि छन्। यस्तै अन्य लेग स्पिनर मुजिब उर् रहमान, रासिद खान, युजभेंद्र चाहलको प्रदर्शन पनि राम्रो रहँदै आएको छ।
लेग स्पिनरहरु सफल रहँदै गरेको अवस्था र दिल्लीले लगातार हार बेहोरेको अवस्थामा आगामी खेलमा नयाँ रणनीति अपनाउदै २ जना लेग स्पिनरलाई टिममा स्थान दिने जोखिम दिल्लीले लिए अथवा तेवतियाको बिकल्प खोजेको खण्डमा सन्दिपले टिममा मौका पाउन सक्छन्।
Indian Premier League
| TEAM | M | W | L | T | N/R | PT | NRR | FOR | AGAINST |
|---|---|---|---|---|---|---|---|---|---|
1 Sunrisers Hyderabad |
3 | 3 | 0 | 0 | 0 | 6 | 0.772 | 417/54.5 | 410/60.0 |
2 Kolkata Knight Riders |
4 | 2 | 2 | 0 | 0 | 4 | 0.863 | 717/78.5 | 649/78.5 |
3 Kings XI Punjab |
3 | 2 | 1 | 0 | 0 | 4 | 0.116 | 519/58.5 | 518/59.3 |
4 Chennai Super Kings |
3 | 2 | 1 | 0 | 0 | 4 | 0.103 | 567/59.4 | 564/60.0 |
5 Rajasthan Royals |
3 | 2 | 1 | 0 | 0 | 4 | -0.247 | 412/46.0 | 385/41.5 |
6 Mumbai Indians |
4 | 1 | 3 | 0 | 0 | 2 | 0.445 | 719/80.0 | 682/79.5 |
7 Royal Challengers Bangalore |
4 | 1 | 3 | 0 | 0 | 2 | -0.861 | 700/79.3 | 762/78.5 |
8 Delhi Daredevils |
4 | 1 | 3 | 0 | 0 | 2 | -1.399 | 550/66.0 | 631/64.5 |



























