Prakash Adhikari April 18, 2018

 

काठमाडौं, ५ बैशाख। विश्व बैंकले पछिल्ला तीनवटा बजेट निर्माणमा निहित कमजोरीका कारण नेपालको आर्थिक क्षेत्रमा समस्या आएको बताएको छ।

विश्व बैंकले बुधबार ुनेपाल डेभलपमेन्ट अपडेटु प्रतिवेदन सार्बजनिक गर्दै पछिल्ला तीन आर्थिक बर्षको बजेटका कारण वित्तीय क्षेत्रमा तरलता अभाव देखिएको जनाएको हो।

विश्व बैंकका प्रतिनिधि दामिर कौशिकले पछिल्ला तीन आर्थिक बर्षको बजेट ‘अवास्तविक’
ढंगले निर्माण गरिएका कारण तरलता अभावसँगै ब्याज दर बृद्धिको समस्या आएको बताएका हुन्।

पछिल्ला तीन बजेट निर्मातामा नेपाली कांग्रेसका डा. रामशरण महत, नेकपा एमालेका विष्णु पौडेल र माओवादीका कृष्णवहादुर महरा अर्थमन्त्री हुँदा निर्माण भई सार्वजनिक भएका हुन् ।

विष्णु पौडेलको बजेट लेख्नेमध्येमा योजना आयोगका तत्कालिन उपाध्यक्ष डा. युवराज खतिवडा थिए।

खतिवडा मन्त्री हुनुअगाडि बाटै वित्तीय क्षेत्रमा अस्वभाविक रुपमा ऋण बढ्नुमा पूँजी बृद्धि योजना एउटा कारण भएको भन्दै त्यसैबाट तरलता अभावको अवस्था आएको बताउँदै आएका थिए।

तर विश्व बैंकले तरलता अभावको समस्या तीन आर्थिक बर्षको बजेटबाट सुरु भएको जनाएको हो। ‘बजेट कहिले पनि बास्तविक आधारमा बनाइएन। तीन वटा बजेट पुरै अवास्तविक छन्’ दामिरले भने, ‘खर्च गर्नु पर्ने दवावमा परेर निजी क्षेत्रबाट चाँडोचाँडो महँगो ब्याजमा पैसा उठाएर ढिकुटीमा राख्ने काम भयो।’
उनले निजी क्षेत्रले परिचालन गर्ने पैसा सरकारको कोषमा फ्रिज भएर बस्दा तरलता अभाव भएको बताए।

ुअभावका कारण ब्याज दर महँगो भयो। महँगो ब्याजका कारण ऋण लिने पनि कम भएु उनले भने। उनले बजेटको आकार अकारण बढाने, पैसा खर्च नगरी कोषमा थुपारेर राख्नेजस्ता कारणले वित्तीय क्षेत्रमा उतारचढाव देखिएको बताए।

Share Now

Leave a comment.