काठमाडौं २६ श्रावण। कुमारी क्यापिटलका दुई वटा समूहिक लगानी कोष योजनाले प्रतिफल घोषणा गरेका छन्।
कुमारी म्युचुअल फण्डअन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका हुन्।
क्यापिटलको साउन २५ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार कुमारी इक्विटी फण्डका इकाइधनीलाई १० प्रतिशत(करसहित) र कुमारी धनवृद्धि योजनाका इकाइधनीलाई ६ प्रतिशत(करसहित) नगद लाभांश घोषणा गरिएको छ। क्यापिटलले इकाइधनी दर्ता किताब बन्द हुने मिति भने तोकेको छैन।
यसअघि क्यापिटलले आर्थिक वर्ष २०७७-७८ मा कुमारी इक्विटी फन्डका लगानीकर्तालाई ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। कुमारी धनवृद्धि योजनाको भने यो पहिलो प्रतिफल हो।