अराउ (स्विट्जरल्याण्ड), ९ बैशाख । बहुप्रतिक्षित नेपाली चलचित्र “शत्रु गते” स्विट्जरल्याण्डको अराउमा प्रदर्शन हुने भएको छ।
निराजन श्रेष्ठको समुहले यो चलचित्रलाई आगामी अप्रिल २८ तारीख शनिवारको दिन स्विट्जरल्याण्डको अराउमा प्रदर्शन गर्न लागेको हो।
नयाँ वर्ष २०७५ सालको अवसर पारे चलचित्र प्रदर्शन गर्न लागेको उक्त दिन नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ। आगामी अप्रिल २८ तारीख शनिवारको दिन स्विट्जरल्याण्डको अराउमा उपस्थित भई चलचित्र शत्रु गते हेरेर भरपुर मनोरञ्जन लिन संपूर्ण स्वीसवासी नेपलीहरुलाई आयोजकले अनुरोध गरेको छ।
प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र शत्रु गतेमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पल शाह, आँचल शर्मा, प्रियंका कार्की, बसुन्धरा भुषाल, राजाराम पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसीको मुख्य अभिनय रहेको छ।
“Roschtige Hund” Ziegelrain 2, 5000 Aarau मा १७:०० बजे देखि चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ।




















