Prakash Adhikari April 22, 2018

 

काठमाडौं, ८ वैशाख । नेपाल फ्रेट फरवार्डरस एशोसिएसनको अध्यक्षमा पुनः प्रकाश कार्की चुनिएका छन् ।

एशोसियनको साधारणसभाले कार्कीको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्ष मनोज अधिकारी, द्वितिय उपाध्यक्ष राजेन्द्र संग्रौला, महासचिव सून्दर प्रसाद दहाल, कोषाध्यक्षमा नरेश कूमार अग्रवाल, सचिव बलराम बन्जारा, सहकोषाध्यक्षमा हरि प्रसाद ढकाल तथा कार्यकारिणी समिति सदस्यमा ईश्वर बहादूर गूरुङ्ग, सूजन कूमार न्यौपाने,प्रनिल मान सिहं प्रधान, संजिव अयार्ल, सीता अधिकारी,सहदेव बञ्जारा र मनिष मान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

कार्यकारिणी समिति सदस्यको पहिलो बैठकबाट अध्यक्षले कार्यकारिणी समिति सदस्यमा गंगाराम पूडासैनी र गंगाबहादुर रायलाई मनोनित गरेका छन् ।

Share Now

Leave a comment.