Prakash Adhikari April 22, 2018

काठमाडौं, ९ बैशाख । कार्यकर्ताहरुलाई एकताको सन्देश दिने भनेर नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले संयुक्त रूपमा आयोजना गर्न लागेको कार्यक्रममा ब्यानरको विषयमा लफडा भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस र लेनिन जयन्तिको अवसरमा आयोजित कार्यक्रममा ब्यानरमा लेनिनको फोटो नभएकोमा कार्यकर्ताले विरोध गरेका थिए ।

त्यसलगत्तै आयोजकले कार्यक्रम स्थलबाट कार्यकर्ताको भावनामा चोट पुर्याउने खालको ब्यानर हटाए।

व्यानर हटाएपछि कार्यक्रम स्थल राष्ट्रियसभा गृहमा नाराबाजी गरिरहेका कार्यकर्ता केही सान्त भए तर ब्यानर बिना कार्यक्रम गर्न नदिने नयाँ शर्त उनीहरुले सारे ।

त्यस लगत्तै अनेरास्ववियुका महासचिव ऐन महर स्टेजमा उक्लिए र ब्यानर बिना कार्यक्रम गर्न नदिने उद्घोष गरे। उनले भने,‘ब्यानर बिना किमार्थ कार्यक्रम सुचारु गर्न दिदैनौँ।’

एकता संयोजन समितिले आजको लागि तयार पारेको ब्यानरको एकतर्फ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र अर्को तर्फ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो छ। यस्तै, ब्यानरको माथिल्लो भागमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी अधिकार र मदन भण्डारीको फोटो छ।संसारभरका कम्युनिष्टहरुले गुरु मान्दै आएका माक्र्स, लेनिन र माओको फोटो छैन ।

कार्यक्रम स्थलमा संयोजन समितिका सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता तथा ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले कार्यकर्तालाई संयमित ढंगले कुरा राख्न आग्रह गरेका थिए ।

Share Now

Leave a comment.