धादिड.बेसी(धादिड.), २२ असोज । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिकाबिच नगरवासीका बालिनाली,पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका मुख्य प्रबन्धक शिवप्रसाद लामिछाने र नीलकण्ठ नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले हस्ताक्षर गर्नुभयो ।
उक्त सम्झौतापश्चात नीलकण्ठ नगरपालिकामा रहेका सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरुले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली,पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराएका नगरवासीको बीमा रकम प्राप्तीमा नगरपालिकाले सहयोग गर्ने छ । नीलकण्ठ नगरपालिका यस्तो बीमा गराउने नमूना नगरपालिकाको रुपमा रहेको छ ।
बीमा संझौतापत्र आदानप्रदान कार्यक्रममा नगरपालिकाका प्रशासकीयअधिकृत पुरुषोत्तम सुवेदीले आफूले आफ्ना नगरवासी कृषक दाजुभाइ तथा दिदीबहिनीहरुको पशुपन्छी, बालिनालीको बीमा पश्चात कुनै पनि बीमकको कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइजीआई प्रुडेन्सियलइन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले आफ्नो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशुपन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन बढाउन अनुरोध गर्नुभयो । साथै, यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरवासीहरुलाई सेवा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिकाले आफ्ना नगरवासी लगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ भने आफ्ना नगरवासीहरुको सम्पत्तिको बीमा गराएर सुरक्षित बनाउन उत्प्रेरकको भुमिका निर्वाह गरी सराहनीय कार्य गर्नु भएकोमा नगर प्रमुख,प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, लेखाअधिकृत श्री आर्जन श्रेष्ठ लगायत नगरपालिकाको टिमलाई धन्यवाद दिँदै नगरवासीहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्तगर्न सकिने हुनाले ढुक्क भएर सेवा लिन कम्पनीले आव्हान गरेको छ ।


















