Prakash Adhikari April 25, 2018

 

जनकपुरधाम(धनुषा), ११ बैशााख । प्रदेश नं २ कोे सरकारले चालु आव २०७४(७५ को ३ महिनाका लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले रु १ अर्ब २vकरोड ५ लाखको बजेट प्रस्तुत गर्नुभएको हो ।

कुल विनियोजनमध्ये चालुतर्फ रु ५७ करोड ८० लाख ३१ हजार अर्थात् ५६ दशमलव ६४ प्रतिशत र पूँजीगततर्फ रु ४४ करोड २४ लाख ६८ हजार अर्थात् ४३ दशमलव ३६ प्रतिशत रहेको छ ।

प्रदेशको विकास र समृद्धिका लागि कृषि, सिँचाइ, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, साना तथा घरेलु उद्योग, निजी क्षेत्रको विकास, सूचना प्रविधिको विकास, सामाजिक पूँजीको परिचालन, रोजगारी सृजना जस्ता बिषयलाई बजेटमा समावेश गरिएको छ ।

चालु आवको बजेटमा सुशासन, नीतिगत, कानूनी र संरचनागत पूर्वाधार निर्माण, सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि, समाजिक सुरक्षा, संघ र स्थानीय तहसँग सहकार्य, समन्वय र साझेदारीको संस्कृति विकास, सार्वजनिक खर्चमा वित्तिय अनुशासन र पारदर्शिता, वातावरणीय स्वच्छता अभिवृद्धि प्रदेशको ऐतिहासिकताको संरक्षण र प्रवद्र्धन, प्रकोप व्यवस्थापन, महिला सशक्तीकरण र क्षमता विकास तथा प्रदेश प्रोफाइल निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

प्रस्तुत बजेटमा स्वच्छ प्रदेश ः स्वस्थ जनता कार्यक्रमअन्तर्गत मुख्यमन्त्री स्वच्छता अभियानका लागि रु एक करोड ५० लाख, किसानको हितः सरकारको जित कार्यक्रमअन्तर्गत कृषि क्षेत्रका विकासका लागि रु नौ करोड, राहत तथा पुनः स्थापनाअन्तर्गत प्राकृतिक प्रकोपबाट प्रभावित पीडितको तत्काल उद्धार, राहत र उपचारका लागि प्राकृतिक विपद् व्यवस्थापन कोष स्थापनाका लागि रु २ करोड, मुख्यमन्त्री राहत तथा पुनः स्थापन कोषका लागि रु ५ करोड, जंगली जनावरको आक्रमणबाट हताहत भएका नागरिकका परिवारजनको राहत तथा पुनः स्थापनाका लागि रु ५० लाख, मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानका लागि रु ८० लाख, संसद् विकास कोषअन्तर्गत प्रत्येक सांसदलाई रु १०÷ १० लाखका दरले रु १० करोड ७० लाख तथा दुई वा दुईभन्दा स्थानीय तह जोड्ने सडक निर्माण, स्तरोन्नति र मर्मतसम्भारका लागि चार करोड ८० लाख रकम विनियोजन गरिएको छ ।

प्रस्तुत बजेटमा नयाँ कर लगाइएको छैन भने सरकारले उपलब्ध गराएको बजेटकै आधारमा बजेट बनाइएकाले यथार्थपरक रहेको बताइएको छ । मन्त्री यादवले प्रस्तुत गरेको बजेट वक्तव्यको टेबुलसमेत गरिएको छ ।

अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने छ ।

Share Now

Leave a comment.