Prakash Adhikari April 27, 2018

गोयाङ( दक्षिण कोरिया), १४ वैशाख । दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प्रायस्द्वीपलाई परमाणु अस्त्र मुक्त पार्न काम गर्ने वाचा गरेका छन्।

सन् १९५३ मा युद्धविराममा टुङ्गिएको कोरियाली युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने एक शान्ति सन्धि यसै वर्ष गरिसक्ने सहमति पनि दुई नेताले गरेका छन्।

केही महिना अगाडिको वाकयुद्धको स्थितिपश्चात् अहिले दुई बीच वार्ताको अवस्था आइपुगेको छ।

शान्तिको आकाङ्क्षा

वार्तापश्चात् बोल्दै किम जङ-अनले दुई कोरियाले झगडा गर्नुपर्ने कुनै कारण नरहेको भन्दै शान्तिप्रतिको चाहना दर्शाए।


उनले दुवै देश एक हुनुपर्ने भने तर आफ्नो देशको अस्त्र विकासबारे केही बोलेनन्।

दक्षिण कोरियाली राष्ट्रपतिले दुवै जनाले कोरियाली प्रायस्द्वीपको पूर्ण परमाणु निरस्त्रीकरणमा प्रतिबद्धता जनाएको बताए।

त्यस्तो निरस्त्रीकरणका विस्तृत विवरण दिइएको छैन। कतिपय विश्लेषकहरूले अझै पनि उत्तर कोरियाको प्रतिबद्धताप्रति शङ्का व्यक्त गरेका छन्।

पटक पटक भेट्ने प्रतिबद्धता

दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुको शिखर बैठक शुक्रबार सुरु भएको हो ।

बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसहितको दुवै देशका नेताहरुले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसका उच्च अधिकारीहरुले दिएको जानकारीअनुसार दुवै नेताहरुले कोठाभित्र अत्यन्त निकट रही औपचारिक वार्ता गरेका थिए ।

उनीहरुबीच दक्षिण कोरियाको पान्मुन्जोममा रहेको पिस हाउसमा शुक्रबार बिहानै झण्डै डेढ घण्टा वार्ता भएको थियो ।

सन् १९५० देखि ५३ सम्म भएको कोरिया युद्धपछि विभाजित भएको दुई कोरियाको सीमा क्षेत्रमा वार्ता भएको हो ।

औपचारिक वार्ता अगाडी किमलाई मुनले सैन्य प्रदर्शनी अगाडी अभिवादनसहित भव्य स्वागत गरेका थिए ।

उहाँहरुको ऐतिहासिक शिखर बैठक अन्तर्गत पहिलो चरणको वार्ता सम्पन्न भएपछि खानाको समय छुट्याइएको थियो ।

खाना खाएपछि फेरि भेटवार्ता भएको थियो।

सोेन् १९५३ मा कोरियाली युद्ध सकिएपछि पहिलो पटक उत्तर कोरियाका नेता दक्षिण कोरिया गएका थिए ।

स्थानीय समयानुसार शुक्रबार विहान ९ः३० बजेतिर दक्षिण कोरियाली भूमिमा उत्तर कोरियाली नेता किम पुगेका थिए ।

बैठकस्थलमा प्रवेश गरेपछि आगन्तुक पुस्तिकामा उनले “शान्तिपूर्ण युगको प्रारम्भको विन्दुमा एउटा नयाँ इतिहास शुरू भएको छ” भनेर लेखेका थिए ।

Share Now

Leave a comment.