सानेपा(ललितपुर), १६ बैशाख । अघिल्लो बर्ष सम्पन्न भएका स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको समीक्षा गर्न बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज समापन हुने तरखरमा छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक समापनको क्रममा रहेको भन्दै आजै बेलुकी ७ः३५ बजे पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिने पत्रकार सम्मेलनमा उपस्थित हुन सञ्चारकर्मीहरुलाई आमन्त्रण गरेको छ ।




















