Prakash Adhikari May 11, 2018

जनकपुर,२८ बैशाख । जनकपुर उपमहानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गरेको छ।

उपमहानगरपालिकाले मोदीलाई मौथिली भाषामा बनाएको अभिनन्दन पत्र प्रदान गरेको छ भने मैथिलि भाषामै अभिनन्दन पनि गरेको छ।
मित्रराष्ट्र भारतका प्रधानमन्त्री मोदीका लागि तयार पारिएको अभिनन्दन पत्र जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर यादवले बाचन गरेका थिए।

यस्तै, मोदीलाई वीरगंज उद्योग वाणिज्य, जनकपुर वाणिज्य संघ, प्रदेश २ को प्रदेश सरकारले छुट्टा छुट्टै १२१ किलोको तीनवटा लाले स्वागत गरेका थिए। यस्तै, जनकपुर उपमहानगरपालिकाले साँचो मोदिलाइ हस्तान्तरण गरेको छ।

जनकपुरधाम आउन उनलाई २४ घण्टा खुला रहेको मान्यता अनुरूप उहालाइ साँचो हस्तान्तरण गरिएको छ।

Share Now

Leave a comment.